अशोक पहाडी
रौतहट,८ मंसिर । नेपाली काँग्रेसको क्षेत्रिय अधिवेसनमा रौतहट क्षेत्रनं ४ मा भने चुनावनै हुने भएको छ । रौतहटको १ नम्बर क्षेत्रमा श्रराम यादव सर्वसम्मत क्षेत्रिय सभापति निर्वाचित भईसकेकाछन् । २१ नम्बर क्षेत्रमा पनि शेख फैजुल्लाह सर्वसम्मत निर्वाचित भइसकेका छन् । रौतहटको ३ नम्बर क्षेत्रमा आज अधिवेसनको मिति तय भएको छ । ३ नम्बरमा रामभरोष यादव र राम अयोध्या यादवको सभापतिमा चर्चा रहेको भएपनि सो क्षेत्रमा समेत सर्वसम्मत नेतृत्व चयन हुने काँग्रेसका स्थानीय नेताहरुले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
रौतहटको क्षेत्रनं ४ मा भने सर्वसम्मतको सम्भावना नरहेको काग्रेस नेताहरुको भनाइ रहेको छ । यो क्षेत्रमा प्रेमशंकर यादव र रामस्नेही यादव बिच चुनावी प्रतिष्पर्धा हुने काँग्रेसका नेताहरुको भनाइ रहेको छ । चार नम्बर क्षेत्रको अधिवेसन आज नभएर भोली हुन सक्ने एक नेताले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।