चन्द्रपुर, १० मंसिर । रौतहटको गरुडामा रहेको श्रीबंशीराम जयसवाल आश्रममा नव विकास बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ । जिल्लाको चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा सो अनाथ आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । शुक्रवार अनाथालयमा पुगेर सो संस्थाले खाद्यान्न ,चामल, दाल, चाकलेट, बिस्कुट जस्ता खाद्यय सामग्री सहयोग गरिएको अनाथालयका प्रबन्धक हृदयश कुशवाहाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here