चन्द्रपुर, १० मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—१ मा नेकपा माओबादी केन्द्रको प्रथम वडा अधिवेशन समपन्न भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका प्रदेश २ कमिटिका सदस्य तथा सर्लाही बागमती नगरपालिकाका नगरप्रमुख भरत थापाको प्रमुख अतिथियमा वडा कमिटी गठन गरिएको हो । वडा नं–१ मा सुकेन्द्र बन्धु गोलेको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरिएको छ । कमिटिको अध्यक्षमा सुकेन्द्र बन्धु गोले, उपाअध्यक्षमा गोकर्ण सापकोटा, सचिवमा चेत बहादुर खड्का, सहसचिवमा विशाल मंगर, कोषअध्यक्षमा मैया विक र सदस्यहरुमा सुमित्र थिङ लगायत २९ कमिटि सदस्य सर्वसहमत रुपमा चयन भएको कमिटिका अध्यक्ष सुकेन्द्र बन्धु गोलेले जानकारी दिएका छन् । शुक्रबार सम्पन्न वडा कमिटि गठन भेला कार्याक्रमका सञ्चाल लक्ष्मन न्यौपाने रहेको थियो भने अतिथिहरुमा गणेश राउत, विरख वमजन, दिल बहादुर आले लगाएतका पार्टीका अन्य सक्रिय नेता कार्यकर्ताहरुको साहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here