रौतहट १२ मंसिर । नेकपा माओवादीको केन्द्रिय निर्देशन अनुसार रौतहटको १८ स्थानीय तह मध्ये १२ स्थानीय तहमा माओवादी केन्द्रको पालिका स्तरीय अधिवेशन सर्वसहमतिमा शनिबार सम्पन्न भएको छ । ६ वटा स्थानीय तहमा सहमति हुन नसकेको कारण अर्को सूचना न आएसम्म स्थगित गरिएको माओवादी केन्द्र रौतहटका जिल्ला संयोजक देवेन्द्र पटेलले बताएका छन ।