अमृत सापकोटा
चन्द्रपुर, १५ मंसिर ।
चन्द्रपुर नगरपालिका वडा नं ९ सिन्दुरेघारीमा रहेको जनजागृती माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि बुधवार छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्रा र दलित समुदायका विद्यार्थीलाई २०७७ सालको छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शत्रुधन साहले जानकारी दिएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दुलालको अध्यक्षतामा छात्रवृत्ति वितरण गरिएको थियो. । कार्यक्रममा बोल्दै अध्यक्ष दुलालले सरकारको छात्रा र दलित छात्रवृत्ति कार्यक्रमका कारण बिध्यलयमा दलित समुदायका बिध्यार्थीको संख्या बढ्दै गएको बताए । विद्यालयले प्रति विद्यार्थी चार सय रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरेको हो । छात्रा छात्रवृत्ति र दलित छात्रवृत्तिका लागि २०७७ सालमा कक्षा १ देखि ८ सम्म भर्ना भएका र एक बर्षमा ५१ प्रतिशत भन्दा बढि बिध्यालयमा हाजिर भएका ३३१ जना बिध्यार्थीलाई चार सयका दर छात्रवृत्ति वितरण गरिएको छ । जिल्लाका धेरै सामुदायिक विध्यालयले दिवा खाजा कार्यक्रम संचालन नगरि बजेट लिने गरेको भएपनि जानजागृति माविले भने दैनिक रुपमा बिभिन्न परिकार खाजाको रुपमा खुवाउने गरेको स्थानिय अभिभावक गणेश तिमल्सिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here