रौतहट, १५ मंसिर । पछिल्लो समय रौतहटको वनमा चोरी तस्करी बढ्न थालेको छ । जिल्लाको विभिन्न वन कार्यालयको मातहतबाट चोरी तस्करी बढन थालेको स्थानिय वासिन्दाहरु बताउँछन् । तस्करहरुले काठ चोर्न नयाँ जुक्ती निकाल्न थालेका छन् । तस्करले आफ्नो साईकलको स्वरुप परिवर्तन गरी काठ चोरी गर्न थालेका हुन् । बजारबाट नयाँ साइकल किनेर स्वरुप बदल्ने र रातभर जंगलमा लगेर गोलिया ओसारपसारमा प्रयोग गर्न थालेका छन् । साईकलको स्वरुप बदलेपछि साइकलमा मानिस चढेर हिड्न मिल्दैनन् । एउटा साइकलको बजार मुल्य ६ देखि ७ हजार रुपैयाँसम्म पर्छ ।
त्यसलाई स्वरुप बदल्न २ हजार रुपैयाँ जति थप लाग्छ । वनले चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित चेतनगरका एक स्थानीय चिरान मिलबाट तस्करीका प्रयोग हुने साइकल सहित गोलिया बरामद गरेको थियो । मिलबिरुद्ध वनले अनुसन्धान सुरु गरेको डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले यादबले जानकारी दिए । मानिसले सवारीसाधनको रुपमा प्रयोग गर्ने साइकलको स्वरुप बदलेर ठुल्ठुला काठ लोड गरेको देख्दा अचम्म लागेको निमित्त वन प्रमुख यादवले बताए । यस्तै जिल्लाको बृन्दावन क्षेत्रको बलेरी वनमा काठ चोरी गरेर बिक्रि बितरण गर्न तस्कर समुह सक्रिय रहेको स्थानीयको भनाइ रहेको छ । बलेरी वनमा काठ चोरी गर्नका लागि सर्लाहीका युवाहरु समेत सक्रिय भएर लागेको स्वयम वन कर्मचारीहरुको भनाइ रहेको ।
रौतहट र सर्लाहीका काठ तस्करले बलेरीको जंगलमा दिन दाहाडै काचा सालका रुख काटने र रातीको समयमा गोलिया बनाएर साइकल तथा मोटर साइकलमा राखेर बिक्रि बितरण गर्न लैजाने गरेको स्थानीयको भनाइ रहेको छ । बलेरी जंगलमा धेरै नाका भएका कारण काठ चोरले कुन नाकाबाट काठ लैजान्छन् भन्नेनै ठेगान नहुने गरेको सव वन डिभिजन कार्यालय वृन्दावनका वन कर्मचारीहरुको भनाइ रहेको छ ।
सो क्षेत्रको वनमा काठ चोरी तस्करी गर्नका लागि संगठित तस्कर गिरोहले दुइ वटा साईकललाई एकै ठाउँमा बेल्डीङ गरेर सिगैं सालको रुख अटाउने गरी साईकलको स्वरुपनै परिवर्तन गरेर तस्करीमा सक्रिय रहंदै आएको भएपनि वन कार्यलयले तस्करीमा सक्रिय गिरोहलाई पक्राउ गर्न सकेको छैन् । पहिला पहिला टायर गाडा र टे«क्टरमा हुने काठ चोरी तस्करी पछिल्लो समय साइकल र मोटर साईकलमा हुने गरेको पाईन्छ । यस्तै केही महिना अगाडी वन कर्मचारीलाई चुनौती दिदै बलेरीको सव डिभिजन वन कार्यालयबाटै काठ गायव भएको थियो । कर्मचारीकै मिलेमतोमा वन कार्यालयको हाता भित्र रहेको काठ रातीको समयमा तस्करले चोरी गरेर लगेका थिए । वन कार्यालयको हाताभित्र रहेको करिव सात क्युफिट सालको गोलिया गायव हुँदा स्थानियले बिरोध समेत जनाएका थिए । तर वन कर्मचारीले क्वाटरबाटै कसले काठ लग्यो भनेर निरणन्तर अनुसंधान गर्न थाले । केहीदिन पछि काठ गाउँकै एक जना कुख्यात काठ तस्करले रातारात काठ गयव गरेको पत्ता लाग्दा समेत डिभिजन वन कार्यालयले काठ गायव गर्ने तस्करलाई कारवाही गर्न नसकेको छैन् । वनको क्वाटर बाटै काठ गायव गर्ने तस्करको नाम बृन्दावन सव डिभिजन वन कार्यालयले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाई पठाएपनि डिभिजन वन कार्यालयले सो तस्करलाई कुनै किसिमको कारवाही प्रकृया अगाडी बढाउन नसकेको समाचार स्रोतले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here