रुपेन्द्र पटेल
बृन्दावन,१६ मंसिर ।
नेपाली काँग्रेस रौतहट क्षेत्रनं ४ को क्षेत्रिय सभापतिमा रामस्नेही यादव विजयी भएका छन् । उनका निकटतम प्रतिद्धोन्दी प्रेमशंकर यादव रहेका छन् । रामस्नेही र प्रमेशंकर बिच सहमती हुन नसकेपछि बुधबार मतदान भएको थियो । बुधबार राती र बिहिबार दिनभरीको मतगणनामा रामस्नेही यादव बिजयी भएका हुन् । कुल चार सय ९३ मत खसेको थियो । जस मध्ये रामस्नेहीलाई २ सय ५७ मत र उनका प्रतिद्धोन्दी प्रेम शंकर यादवलाई २ सय ३६ मत प्राप्त भएको थियो । रामस्नेहीले २१ मत बढी ल्याएर विजयी प्राप्त गरेका हुन् । सार्वजनिक गरिएको मत परिनाममा प्रतिद्धोन्दी प्रेम शंकर यालवका समर्थहरुले असहमति जनाउँदै भोट फेरी गिन्ती गर्न माग गरेका छन् । अन्तिम मतपत्रको नतिजा सार्वजनिक गर्दा उनका समर्थहरुले मत गणना फेरि गर्नु पर्ने माग गरेका थिए । मत गणना फेरी हुन्छ कि हँुदैन भन्ने निर्णय यो समाचार तयार पार्दा सम्म भएको थिएन् । यता नेपाली कांग्रेस रौतहट क्षेत्र नं—४ को क्षेत्रिय सभापतीमा विजयी भएका तथा रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका राम स्नेही यादवलाई उनका समर्थहरुले अबिर, माला लगाएर खुशीयाली मनाई रहेका छन् । रौतहटका अन्य तीन निर्वाचन क्षेत्रमा सहमतीका आधारमा अध्यक्ष लगाएतका पदाधिकारी चयन भएको थियो । ४ नम्बर क्षेत्रमा भने सहमती हुन नसकेका कारण निर्वाचन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here