रौतहट,१६ मंसिर । नेपाली काग्रेस रौतहट क्षेत्रनं ४ को मतगणना जारी रहेको छ । क्षेत्रिय अध्यक्षका लागि राम स्नेही यादव र प्रेमशंकर यादवले उमेदवारी दिएका थिए । हिजो मतदान भएको थियो । १५० मत गन्न बाँकी रहँदा रामस्नेही यादव १६ मतले अगाडी रहेको मतदान स्थाल हर्साहमा रहेका नेपाली काँग्रेस चन्द्रपुरका सभापति मुकेश गिरीले जानकारी दिएकाछन् । करिव १५० मत गन्न बाँकी रहेको जनाईएको छ । दिउसो ३ बजे सम्म मतगणना सकिने बताईएको छ ।