रौतहट,१६ मंसिर । हालै चितवनमा सम्पन्न एमालेको १० औं केन्द्रिय महाधिवेशनमा रौतहटका ४ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
चारैजना नेताहरूले केन्द्रिय सदस्यमा उम्मेद्बारी दिएपछि सोही पदमा अर्का दावेदार न भएपछि चारैजना निर्बिरोध निर्वाचित भएका हुन ।
एमालेको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनेहरुमा पुर्व मन्त्री प्रभु साह,पार्टीको भूगोल कोटाबाट ,कुन्दन कुश्वाहा,महिला कोटा बाट रेखा झा,मधेसी कोटा बाट उपेन्द्र साह निर्वाचित भएका छन ।
केन्द्रिय सदस्यमा निर्वाचित भएका चारैजना लाई एमाले पार्टीका नवनिर्वाचित अध्यक्ष केपि शर्मा ओलिले मंगलबार चितवनमा सपथग्रहण गराउनु भएको थियो ।
अर्का एमाले नेता ,किरण साह लाई पछि केन्द्रिय सदस्यमा मनोनीत गर्ने छलफल भैरहेको पार्टी स्रोतले जनाएको छ ।
एमालेको १० औं महाधिवेशनमा रौतहट लगायत पुरै प्रदेश २ बाट भूगोल,मधेसी,दलित,महिला लगायत कोटामा मधेसी समुदायका नेताहरू लाई केन्द्रिय सदस्यमा उचित स्थान दिएको भन्दै एकजना नवनिर्वाचित केन्द्रिय सदस्य कुन्दन कुश्वाहाले पार्टी अध्यक्ष ओलिको खुलेरै प्रशंसा गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here