अशोक पहाडी, चन्द्रपुर,१९ मंसिर ।
चन्द्रपुर नगरपालिकामा रहेका सामुदायीक विद्यालयले विद्यार्थीसंग मनलाग्दी शुल्क लिने गरेकाछन् । उनीहरुले अग्रेजी माध्यमको पढाईको नाममा विद्यार्थीसंग निजि विद्यालयकै हाराहारीमा शुल्क लिने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ ।
एउटै विद्यालयमा पढन आँउने विद्यार्थी कोही टाई सुटमा र कोही थोत्रा ड्रेसमा विद्यालय आँउने गरेकाछन् ।
चन्द्रपुर नगरपालिकामा रहेका अधिकांस सामुदायीक विद्यालयहरुले विद्यार्थीसंग परिक्षा शुल्क ,खेलकुद शुल्क अग्रेजी माध्यमको पढाई शुल्क भन्दै रसिदनै काटेर अभिावकसंग रकम असुल्ने गरेकाछन् ।
चन्द्रनिगाहपुरमा रहेको जनज्योती माध्यमिक विद्यालयमा केही दिन पहिला विद्यार्थी र शिक्षक बिच चर्को शुल्कको बिषयलाई लिएर बिवाद समेत भएको थियो । सरकारले सामुदायीक विद्यालयले कुनै पनि बाहानामा एक रुपैया शुल्क लिन नपाउले कानुनी प्रवधान रखेको छ । गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीसंग अग्रेजी माध्यमको पढाइ वापतको शुल्क लिएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्नुको साथै शिक्षकहरु बिरुद्ध चर्को नारावजी गरेका थिए । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाले चन्द्रपुरका सामुदायीक विद्यालयले बिभिन्न बाहानमा बिद्यार्थीसंग चर्को रकम लिएको बिषयमा कनै चसो नदिएको अभिभावकहरुको भनाइ रहेको छ ।
चन्द्रपुरका सामुदायीक विद्यालयले विद्यार्थीसंग बिभिन्न बाहनामा लिएको शुल्कको बिरुद्ध आफुहरुले शशक्त आवाज उठाउने नेपाल कम्युनिष्ट पार्टी समाजवादी निकट विद्यार्थी नेता प्रतिक्षा कार्कीले तराई एक्सप्रेसलाई बताईन् । सामुदायीक विद्यालयमा विद्यार्थीहरु संग लिने चर्को शुल्कको बिरुद्धमा रौतहटमा रहेका बिभिन्न राजनैतिक दल सम्वद्ध विद्यार्थी संगठनले कुनै चासो नलिएको गुनासो समेत बढदै जान थालेको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य रबि राना मगरले चन्द्रपुर नगरपालिकाले तत्काल कुनै पनि बाहानामा विद्यार्थीबाट शुल्क असुल्ने काम बन्द नगरे आफुहरुले आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचनद्र चौधरीले सामुदायीक विद्यालयहरुले विद्यार्थीसंग शुल्क असुलेको बिषयमा आफुलाई कुनै जानकारी नभएको र त्यसरी मनलाग्दी शुल्क असुल्ने विद्यालयहरुलाई कार्वाही गर्ने तराई एक्सप्रेसलाई बताए । २०७८ मंसिर १९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।