रौतहट २० मंसिर । फतुवा बिजयपुर नगरपालिकाका शिक्षा क्षेत्रमा भैरहेको भ्रष्टाचार बारे सोधपुछ गर्दा प्रहरीले ४ घन्टा थुनामा राखेको भन्दै माओवादी पार्टीका मेयर प्रत्याशी सुरेन्द्र यादवले आन्दोलनको घोषणा गरेका छन ।
नगर शिक्षा संयोजक हरेन्द्र यादव संग शिक्षा संबंधी विभिन्न शिर्षकमा आएको लाखौंरुपैयाको बेथिति बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादव लाई बिनाकारण थुनेर बेईजती गरेको मेयर प्रत्याशी यादवले गुनासो गरेका छन । उता नगरपालिकाका कार्यालयमा गएर शिक्षा संयोजक हरेन्द्र यादवलाई हातपात भएको सूचनाको आधारमा तत्काल शान्ति सुरक्षाको लागि मेयर प्रत्याशी सुरेन्द्र यादव र उनका भाई नवलकिशोर यादव लाई केही समय नियन्त्रण पछि छोडिएको तथा कुनै प्रकारको आर्थिक चलखेल नभएको ईन्स्पेक्टर बिश्वकर्माले जानकारी दिए ।
फतुवा बिजयपुरका नगर शिक्षा संयोजक हरेन्द्र यादव र मेयर गोपाल यादवको मिलोमतोमा बालबालिकाको लागि बितरण हुने सेनिटरी प्याड र शिक्षाको विभिन्न शिर्षकको लाखौं लाख अनियमितता गरेको बारे आफू माओवादी पार्टी को मेयर प्रत्याशिको हैसियतले सोधपुछ मात्र गरेको नेता सुरेन्द्र यादवको भनाई छ ।
फतुवा बिजयपुरमा शिक्षाको नाउँमा भैरहेको भ्रष्टाचार बारे आफुले आवाज उठौंदा एकजना पुर्व सांसदले गृहमन्त्री मार्फत प्रहरी माथि दवाब दिएको र नगरपालिकामा हालै नया प्रमुखको रूपमा आएका ओमप्रकाश यादव ,मेयर गोपाल यादवले ईन्स्पेक्टर बिष्णु बिकलाई मोटोरकम दिएर दाजुभाइ लाई थुनेर राजनीतिक चरीत्र हत्या गरेको यादवको भनाई छ ।
शिक्षाको नाउँमा आउने लाखौं लाख रकममा एकजना पुर्व सांसद,मेयर र शिक्षा संयोजकले भागबन्डा गरिरहेकाले त्यसको छानबिन हुनुपर्ने माग सहित नगरपालिका र प्रहरी प्रशासनको विरुद्ध आजैदेखि आन्दोलन सुरुगर्ने सुरेन्द्र यादवले चेतावनी दिएका छन ।
शिक्षा संयोजक हरेन्द्र यादवले गत आर्थिक बर्षमा विद्यार्थी लाई भर्चुअल शिक्षा दिने नाउँमा नगरपालिका बाट पेस्की लिएको २९ लाख रुपैयाको हालसम्म फर्छौट गर्न सकेका छैनन् ।
त्यसैगरी बालिकाहरुलाई सेनिटरी प्याड बितरण गर्न गत आवमा झन्डै १७ लाख रुपैया निकासा भएको थियो ।
तर हालसम्म कुनै बिधालयको बालिकालाई सेनिटरी प्याड बितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक,मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने मेयर प्रत्याशी सुरेन्द्र यादवले माग गरेका छन ।
फतुवा बिजयपुर निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले गत आवमा नगरपालिका बाट भर्चुअल शिक्षा र सेनिटरी प्याड बितरणको लागि बर्तमान शिक्षा संयोजक हरेन्द्र यादव र यस अघिका संयोजक बुनिलाल यादवले लिएको पेस्की हालसम्म फर्चाउट नभएको स्वीकार गरेका छन ।
आइतबार सुरेन्द्र यादव र नवलकिशोर यादवले नगर शिक्षा संयोजक हरेन्न्द्र यादव संग गरेको दुव्र्यवहार बारे भोलि सार्वजनिक गर्ने तथा आफू हालै फतुवा बिजयपुरको प्रमुखको जिम्मेवारी पाएकाले बिस्तृत जानकारी नभएको प्रशासकीय अधिकृत यादवले बताएका छन ।
नगरक्षेत्र भित्र कार्यरत शिक्षक मध्येका कसैले नगर शिक्षा संयोजकको जिम्मेवारी पाउनुपर्ने नियम बिपरित फतुवा बिजयपुरका मेयर गोपाल यादवले आफ्ना नजीकका वडा सचिव हरेन्द्र यादवलाई गतबर्ष शिक्षा संयोजक तोकेदेखी नै शिक्षा क्षेत्रमा बेथिति बढेको गुनासो सुनिदैं आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here