गरुडा ,२४ मंसिर । रौतहट स्थित एक स्थानीयतहका मेयर प्रत्याशिका छोराले सहकारीको मलखाद ब्यापारी लाई बेचेपछी दर्जनौं किसान आन्दोलित भएका छन ।
स्थानीय माधव नारायण नगरपालिकाका माओवादी पार्टीका मेयरका प्रत्याशी देवनारायण भगत बीनका छोरा धीरेन्द्र भगत बीनले सहकारीको मलखाद ब्यापारी लाई बेचेपछी किसानहरु आन्दोलित भएका हुन । भगतले सञ्चालन गरेको आयुष कृषि सहकारी संस्थाले किसानलाई सहुलियत दरमा वितरण अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र बिक्री गरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् । स्थानीय
किसान राम विनोद यादवले माधव नारायण ६ स्थित श्याम बीजभण्डारमा मलखाद किन्न जाँदा २४ सय पर्ने प्रति बोरा अनुदानको डिएपी ३ हजार ३ सयमा पाएपछि उक्त रहस्य खुलेको हो । कृषि सामग्री कम्पनी लेखिएको मल काहां बाट ल्याएको भनी किसानले हप्काएपछी बिज भण्डार संचालक श्याम साहले आयुष कृषि सहकारी संग खरिद गरेको बताएका थिए ।
दर्जनौंको संख्यामा रहेका किसानले कृषि सामग्री कम्पनी लेखिएको आयुष सहकारीको ६२ बोरा रसायनिक यूरिया र डिएपी मल श्याम साहको गोदाममा फेला परेका छन ।
बरामद मलखाद प्रहरी चौकी माधोपुरको नियन्त्रणमा रहेको छ । सहकारी संचालक भगत र बिज भण्डार संचालक हाल फरार भएका छन ।
सहकारीको मल ब्यापारीको गोदाममा फेला परेपछि किसानहरु सहकारी अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । सहकारीका अध्यक्ष भगतलाई हदैसम्मको कारवाही गर्नुपर्ने, संस्थाको दर्ता खारेज गर्नुपर्ने एवं सरकारले आफूहरुलाई समयमा पर्याप्त मलखादको व्यवस्था गर्नुपर्ने माग राख्दै किसानहरुले प्रदर्शन गरेका थिए ।
सहकारी संचालकका बाबू मेयर प्रत्याशी देव नारायण भगत बिन रौतहट क्षेत्र १ बाट निर्वाचित भएका पुर्व सांसद सत्य नारायण भगत बिनका आफ्नै भाइ हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here