अशोक पहाडी,चन्द्रपुर,२५ मंसिर ।
नियमनकारी निकायले ध्यान नदिएका कारण रौतहट जिल्लामा रहेका आधारभुत विद्यालयको अवस्था नाजुक बन्दै जान थालेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडानं २ मा रहेका दुई वटा आधारभुत विद्यालयको नाजुक रहेको छ ।
कक्षा ५ सम्म पठन पाठन हुने यी दुई विद्यालयमा विद्यार्थी संख्या न्युन रहेको छ । विद्यार्थी संख्या कम भएका कारण एउटै कक्षामा ३,४ र पाँच कक्षाको पठन पाठन हुने गरेको छ ।
तराई एक्सप्रेसकर्मी पुग्दा चन्द्रपुर नगरपालिका वडानं २ को कुस्वार टोलमा रहेको दिपज्योती आधरभुत विद्यालयमा शुक्रबार बिहान ८ जना मात्र विद्यार्थी विद्यार्थी विद्यालयको चौरमा बसेर पढदै थिए । आठ जना विद्यार्थीका लागि २ जना शिक्षिका खटेका थिए ।
सो विद्यालयका प्रधानाध्यापक मनिष चौबे विद्यालयमा थिएनन् । सो विद्यालयमा प्रधानाध्यापक चौबेका अलावा मोहन महत ,सिरता कुस्वार र सन्जु कुस्वार कार्यरत रहेकाछन् । शुक्रबार बिहान विद्यालयमा दुई शिक्षक अनुपस्थित रहेका थिए ।
विद्यालयको रजिष्टरमा बाल कक्षा देखी ५ कक्षा सम्म ८५ जना विद्यार्थी रहेको उल्लेख रहेको भएपनि नियमित रुपमा आँउने विद्यार्थीको संख्या भने ८ देखी १० जना मात्र रहेको शिक्षिका सरिता कुस्वारले तराई एक्सप्रेसलाई बताईन् ।
विद्यालयमा नियमित आँउने विद्यार्थीको संख्या ८देखी १० जना मात्रै भएपनि सो विद्यालयले चन्द्रपुर नगरपालिकाबाट मासिक रुपमा ८५ जनाको दिवा खाजा भत्ता लिदै आएको छ । ८५ जना विद्यार्थीको नाममा विद्यालयले दिवा खाजा ,पाठ्य पुस्तक र छात्रबृती रकम नगरपालिकाबाट लिने गरेको छ । सो विद्यालयको अवस्थाका बिषयमा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाले ध्यान नदिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । सो विद्यालयले खाजा भत्तामा मात्र ८५ जना विद्यार्थीको नाममा दैनिक १२७५ रुपैया नगरपालिकाबाट बुझने गरेको छ ,भने दैनिक १० जना विद्यार्थीले मात्र खाजा खाने गरेका छन् । १० जना विद्यार्थीलाई खाजा दिएर पनि सो विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारीको मिलेमतोमा मासिक ३३ हजार ७५० रुपैया रकम हिनामिना हुने गरेको पाईन्छ ।
नगरपालिकाबाट रकम लिनका लागि मात्रै चन्द्रपुर नगरपालिकाका अधिकांस आधारभुत विद्यालयले रजिष्टरमा मात्र विद्यार्थी संख्या बढाउने गरेको भएपनि विद्यालयमा एक चौथाइ विद्यार्थी समेत उपस्थिती हुने गरेकाछन् ।
चन्द्रपुर नगरपालिकाको सोही वडामा रहेको कृषक समुह आधारभुत विद्यालयको रजिष्टरमा विद्यार्थी संख्या १२५ जना रहेको उल्लेख रहेको छ । उक्त विद्यालयमा पनि नियमित आउने विद्यार्थी संख्या १५ देखी २०जना हो । विद्यालयमा प्रयाप्त भौतीक संरचना रहेको सो विद्यालयमा पनि कक्षा ३,४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयका अन्य पाँच वटा कोठा खालि भएपनि बाल कक्षा र १,२ कक्षाका विद्यार्थीलाई एउटा कोठामा र अरु विद्यार्थीलाई एउटा कोठामा राखेर पठन पाठन गराईदै आएको शिक्षक राजदेव महतोले तराई एक्सप्रेसलाइ बताए । शुक्रबार सो विद्यालयमा पनि शिक्षक राजदेव महतो र शिक्षिका नागिना यादव मात्र विद्यालयमा थिए । चारजना शिक्षकको दरबन्दी रहेको कृषक समुह आधारभुत विद्यालयमा प्रधानाध्यापक सतिस कुमार साह र शिक्षिका बिन्दु कुमार चौधरी अनुपस्थित थिए ।
उक्त विद्यालयले मासिक रुपमा दिवा खाजाको नाममा चन्द्रपुर नगरपालिबाट १२५ जना विद्यार्थीको नाममा ५६ हजार २५० रुपैया लिने गरेको छ । विद्यालयले मूस्कीलले २० जना विद्यार्थीको खाजामा मासिक ९ हजार खर्च गरेर अरु रकम अनियमिता गर्ने गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
सो बिषयमा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका अधिकृत दिपेन्द्र मण्डलले आफुले पहिला ती विद्यालयमा अनुगन गर्ने तराई एक्सप्रेसलाइ बताए ।
उनले त्यस्तो रहेको पाईएमा नगरपालिकाबाट ती विद्यालयले लिदै आएको दिवा खाजा लगाएतको अनुदानमा कटौती गर्ने तराई एक्सप्रेसलाइ बताए । २०७८ मंसिर २५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here