बिजयपुर,२८ मंसिर ।
कमोद निर्माणसेवा मौलापुरको बदमासीको कारण रौतहट स्थित बिजयपुर बजारका बासिन्दालाई खानबस्न समस्या भएको छ । तर जनताको मत बाट निर्वाचित भएका जनप्रतिनिधि भने मौन बसेका छन
निर्माणसेवाका संचालक प्रमोद साहले २ बर्ष अघि खनेको बिजयपुरको मुख्य बाटोमा कालोपत्रे नगरेको कारण धुलै धुलो दिनरात उडिरहेकाले बजार बासिको उठिबास भएको हो ।
बिजयपुर बजारको मुल बाटो हुँदै दैनिक दर्जनौं टिपर,ट्रर्क लगायतका आवतजावत गर्ने सवारीसाधनले उडाउने धुलो को कारण खान बस्न समेत कठिनाइ भैरहेको स्थानीय उमेश साहले कटहरिया एफएम लाई बताए । दिनभरी गाडीले उडाउने धुलो,घरमा,पसलमा,र बनाएर राखिएको खानामा समेत परिरहेको अवस्थामा पनि ठेकदार प्रमोद साह कानमा तेल हालेर सुतेकाले आक्रोशित स्थानीय हरु पटकपटक टिपर ट्रक रोकेर आन्दोलन समेत गर्दै आएका छन ।
आक्रोशित स्थानीयले बजार बन्द गरेर बाटो अवरुद्ध गरि आन्दोलन गर्दा प्रहरीले खुलाउने,जनप्रतिनिधिले साम्य पार्ने तर बाटो बनाउन कसैले पहल नगरेको एकजना ब्यापारी श्रीभगवान साहले गुनासो गरे ।
ठेकदार प्रमोद साहले बिजयपुर बजार देखि दुधिअवा सम्म मात्र २ किलोमिटर बाटो कालोपत्रे गर्न २ बर्ष अघि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर संग २ बर्ष अघि घटाघट प्रक्रियामा झन्डै १ करोड रुपैयामा टेण्डर साकार गरेको थियो ।यस अवधिमा बाटोमा माटोपुरेर ग्रेभलिङ गरेर एकबर्ष अघि बेपत्ता भएका कमोद निर्माणसेवाका संचालक प्रमोद साह लाई कालोपत्रे गर्न पटकपटक आग्रह गर्दा पनि लापरबाही गर्दै आएको फतुवा बिजयपुर ८ का वडा अध्यक्ष उमाशंकर जयसवालले तराई एक्सप्रेसलाई बताए ।
यसरी जनताको स्वास्थ संग खेलवाड गर्ने कमोद निर्माण सेवाले लिएको कालोपत्रे गर्ने ठेक्काको म्याद नथपी उस माथि नियमानुसार कार्वाही गर्न बिजयपुर बासिले डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरसंग माग गरेका छन ।
डिभिजन प्रमुख दारोगा साहले लामोसमय देखि ठेक्का लिएर बसेका सबै ठेकदारलाई भोलि छलफलको लागि बोलाएको छु,तत्काल काम नगर्नेको ठेक्का समेत रद्ध गर्ने चेतावनी दिए ।
यसैबीच कमोद निर्माणसेवाका संचालक कमोद साहले लकडाउनको कारण कालोपत्रे गर्न ढिलो भएपनी आउदो हप्ता देखि कालोपत्रे सुरुगर्ने फोनगरेर प्रतिबद्धता जनाए ।