चन्द्रपुर,२८ मंसिर ।
नेकपा एमालेको केन्द्रीय सदस्यमा चन्द्रनिगाहपुरका उद्धव रेग्मी मनोनीत भएकाछन् । नेकपा एमालेको आईतबार काठमाण्डौमा बसेको बैठकले रेग्मीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । त्यस्तै रौतहटका पुर्व मन्त्री प्रभु साहलाई बैठकले स्थायी समिति सदस्यमा मनोनीत गरेको छ ।
साह माओवादी छाडेर हालै मात्र नेकपा एमालेमा प्रवेस गरेका हुन । एमालेको काठमाण्डौमा भएको बैठकले चन्द्रनिगाहपुरकै विद्यार्थी नेता आरती भण्डारीलाई नेकपा एमाले प्रदेश २ को सह सचिवमा मनोनीत गरेको छ ।
भण्डारी बिगत लामो समय देखी विद्यार्थी राजनितिमा सक्रिय रहँदै आएकी थिईन् ।
रेग्मी चन्द्रनिगाहपुर गाबिसको अध्यक्ष हुदै सुकुम्बासी समस्या समाधान आयोग रौतहटका अध्यक्ष समेत रही सकेका छन् । यस भन्दा पहिला चितवन महाधिबेसनबाट कुन्दन कुस्वाह केन्द्रीय सदस्य भएका थिए ।
महत पनि केन्द्रीय सदस्य
नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा फणिदेव महत मनोनीत भएकाछन् । प्रेस चौतारी नेपालको बैठकबाट महतलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
महत बिगत दुई दसक देखी रौतहटलाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएकाछन् ।