चन्द्रपुर,२९ मंसिर ।
चन्द्रपुर नगरपालिकाले सस्तोमा ईण्डेक्सन चुल्हो बितरण गरेको छ । बजारमा पा“च हजार पर्ने विद्युतीय ईण्डेक्सन चुल्लो नगरपालिकाले रु २ हजारमा सर्बसाधारणलाई वितरण गर्दे आएको हो ।
नेपाल उर्जा विकास कम्पनी र चन्द्रपुर नगरपालिकाको सहकार्यमा सस्तोमा विद्युतीय चुल्हो वितरण भईरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिएकाछन् । सर्वसाधारणलाई विद्युत सस्तोमा प्रदान भईरहेको र ग्यास लगाएतका बस्तु भन्दा विजुली सस्तो हुने भएका कारण सस्तोमा ईण्डेक्सन चुल्हो वितरण हुदै आएको छ ।
बजारमा पांच हजार पर्ने सो चुल्लो नगरपालिकाले दुई हजारमा दिएपछि आफुले खरिद गरेको चन्द्रनिगाहपुरकी गृहणी बिमला पाण्डे चौधरीले तराई एक्सप्रेसलाई बताई । उनी जस्तै धेरैजना यतीबेला सस्तोमा चुल्लो पाउने भएपछि चन्द्रपुर नगरपालिका तिर दौडन थालेका छन् । बैकल्पीक उर्जा प्रवर्धन केन्द्रको तीन हजार अनुदानमा चन्द्रपुर नगरपालिकाले एक हजार थान चुल्हो ल्याएको प्रमुख प्रशासकिय अधिकृत प्रधानको भनाइ रहेको छ ।
एक हजार थानमा अहिले जम्मा तीन सय थान बिक्रि वितरण भएको बताउदै प्रधानले सर्बसाधारणले यो मौकाको फाईदा उठाउने पर्नेमा जोड दिएकाछन् ।
सरकारले समेत बिजुलीको खपत बढानउ आम सर्बसाधारणलाई आग्रह गरेको बेला चन्द्रपुर नगरपालिकाले पांच हजारको ईण्डेक्सन चुल्हो दुई हजारमा नगरबासीलाई बितरण गरेको हो ।