गौर,२९ मंसिर ।
सशस्त्र प्रहरी ११ नम्बर गण गौरका घुमुवाले संगठनकै बदनाम गर्ने गरी व्यापारी तर्साउने काम गर्दे आएका छन् । अनलाइन बिल भएको समान समेत व्यापारीले पैसा नदिए उनीहरुले भन्सार चलान गर्ने गरेकाछन् । मंगलबार बिहान ११ बजेको समयमा सशस्त्र प्रहरीका घुमुवा रवी मिश्र र उमेश पंडितले बिर्ताका व्यपारीसंग तीस हजार माग गरेका थिए । व्यापारीले मैले भन्सार तिरेर ल्याएको समान हो ,अनलाईल बिल छ भन्दा भन्दै पैसा नदिएको झोकमा उनीहरुले ति व्यापारीको समान भन्सार चलान गरेकाछन् । ती घुमुवाले बिर्ताका व्यापारी अम्रेन्द्र कुमार जयसवालको समान भन्सार चलान गरेका हुन् ।
व्यापारी जयससवाले भारतबाट ल्याएको समान पतान्जलीको समान भन्सार चालन गरेका हुन । घुमुवा मिश्र र पंडितले व्यापारी जयसवालसंग पैसा नदिए अनलाईन बिल भएपनि तेरो बा¥ह बजाईदिन्छु भनेर दिएको धम्कीको अडियो तराई एक्सप्रेसले फेला पारेको छ ।
व्यापारी जयसवाललाई समान लिएर आंउदै गर्दा घुमुवा मिश्रले पहिला पैसा बुझा त्यसपछि मात्र समान लैजा भन्दै गाली समेत गरेकाछन् । तीस हजार लिएर आइज भन्दै व्यापारी जयसवाललाई घुमुवाद्धयले धम्की दिएका छन् । घुमुवालाई अबैध पैसा नदिई गाडीमा समान लिएर हिडेका व्यापारी जयसवालको समान मंगलबार ११ बजेको समयमा उनीहरुले बम नहरबाट पक्राउ गरी भन्सार चलान गरेका हुन् ।
रौतहटको सिमामा सशस्त्र प्रहरीका घुमुवा मिश्र र पंडितको दादागिरीका कारण व्यापारीहरु हैरान बनेका छन् । नेपाल प्रहरीका घुमुवाले पत्रकारको मोटर साईकलमा लागु औषध राखेर फंसाएको घटना सेलाउन नपांउदै सशस्त्र प्रहरीका घुमुवाको हर्कत कुन व्यापारी कतिबेला कुन केशमा फसाइने हुन भन्ने त्रासमा रौतहटका व्यापारी रहेकाछन् ।
अपराध नियन्त्रणका लागि सुचना संकलनका लागि सशस्त्र प्रहरीले परिचालन गरेका घुमुवा प्रहरीले अबैध पैसा नदिएको झोकमा व्यापारीको समान भन्सार पठाउने काम गरेका छन् । ४५ हजार ९ सय ९१ रुपैयाको पताञ्लीको २ बोरा बिस्कुट ,सेम्पु ३ कार्टुन ,पर्ले क्रिम बिस्कुट ५ कार्टुन ल्याएका जयसवाललाई घुमुवाले ३० हजार घुस नदिएको झोकमा समान भन्सार चलान गरेको पिडित व्यापारीले गुनासो गरे । अपराध नियन्त्रण र सुचना संकलनका लागि खटेका सशस्त्रका घुमुवा प्रहरी द्रब्य संकलनमा लागेपछि सशस्त्र प्रहरी संगठनकै बदनाम हुदै जान थालेको छ । सशस्त्रका माथिल्लो निकायका हाकिमकै निर्देशनमा रौतहटको गौरमा घुमुवा मिश्र र पंडितको अबैध असुली तिब्र भएको व्यापारीहरुको गुनासो रहेको छ । २०७८ मंसिर २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।