कटहरिया,१ पुस । भारतीय कुखुरा र हांसको चल्लाको तस्करीले रौतहटका उद्योगिहरु संकटमा परेका छन । कम मुल्यको गुणस्तर हिन भारतीय कुखुरा र हांसको चल्लाको खुलेयाम बिक्री को कारण स्तरिय चल्ला र अण्डा उत्पादकहरु संकटमा परेका हुन ।
तस्करहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमै भारतिय चल्ला तस्करीको माध्यमले रौतहटमा भित्रयाई रहेको ब्यवशायिहरुले दाबी गरेका छन ।
पछिल्लो केही समय देखि तस्करहरुले रौतहटको बंकुल र बाराको सिम्रौनगढ,मझरिया,झरौखर, मटिअर्वा नाका हुँदै राती राती साईकल मोटरसाइकलमा राखेर प्रतिबन्धित भारतिय कुखुरा,हांसको चल्ला भित्रयाउने गर्दछन ।
अबैधरूपमा भित्रयाईएको चल्ला राती राति रौतहट र बाराको केही गाउमा भण्डारन गरि राख्ने र दिउसो दिउसो साईकलमा राखेर गाउ“हरुमा घुमाई घुमाई खुलारूपमा बिक्री गरिरहेको कास्मी कृषि तथा पोल्ट्री प्राली बिजयपुरका संचालक अबरारुल देवानले जानकारी दिएका छन । रौतहटका पोल्ट्री फर्महरुमा उत्पादन भएको स्तरिय नेपाली हङकङ क्रस र खाकी कमल ब्रान्डको प्रतिगोटा हांस,कुखुरा को चल्ला ९० देखि १०० रुपैयामा बिक्री हुने गर्दछ । तर तस्करहरुले भित्रयाएको गुणस्तरहीन भारतिय बिना ब्रान्डको चल्ला मात्र ५० देखि ६५ रुपैयामा बेच्ने गरेको संचालक देवानले बताएका छन ।
संचालक देवानले आफ्नो खेत बेचेर साथिभाई संग सापटी लिएर ४० लाखको झन्डै डेढ बर्ष अघि स्थानीय विद्यालयको २ बिगहा जग्गा लिजमा लिएर फर्म संचालन गरेको थिए । हाल फर्ममा महिनाको हांसको चल्ला १५ हजार र कुखुराको चल्ला ७ हजार उत्पादन हुनेगर्दछ । उत्पादित चल्लाहरु जिल्ला स्थित ३५ वटा फर्ममा सप्लाई हुनेगरेको छ । भारतीय चल्ला तस्करीको माध्यमले भित्रनु अघि अडर अनुसार चल्लाको आपूर्ति गर्न हप्तौं कुर्नु पर्दथ्यो । अहिले भारतीय चल्लाको कारण बिगतको भन्दा आधा उत्पादन गरिरहे पनि बिक्री बितरणमा समस्या भैरहेको उनको भनाई छ । यस्तो समस्या मेरो मात्र नभै जिल्लाका सबै उद्योगिको रहेको उनले गुनासो गरेका छन । कम मुल्य तथा कमसल जातको भारतीय हांस,कुखुराको चल्लाको तस्करीले एकातिर नेपाली उद्योगी कठिनाईमा परेका छन भने अर्को तर्फ उनिहरु संग खरिद गर्ने सैयौं सोझा जनता ठगिन बाध्य छन । तस्करहरुले रौतहटर बाराका अधिकांश स्थानमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारिलाई मोटो रकम दिएर भारतीय चल्लाको तस्करी गरिरहेको रौतहटका कुखुरा ब्यवसायिहरुले दाबी गरेका छन । तस्करीको माध्यमले राती राती अंध्यारोमा भारतिय चल्ला भित्रंदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले न देख्न पनि सक्छन । तर दिउ“सो उज्यालोमा गाउँ गाउ“ घुमाएर प्रतिबन्धित भारतिय हांस,कुखुराको चल्ला हुंदा खबर गर्दापनि नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक बनेकाले उनीहरुको तस्कर संग सांठगांठ रहेकोे सहजै अनुमान गर्न सकिने उद्योगिहरुले टिप्पणी गरेका छन । रौतहटमा अण्डा तथा स्तरिय हांस,कुखुराको चल्ला उत्पादन गर्ने आधा दर्जन भन्दा बढी उधोग रहेको छ ।भारतीय हांस कुखुराको चल्ला तस्करीको कारण एकातर्फ उधोगी र अर्को तर्फ सर्वसाधारण जनताको लाखौंको क्षति भैरहेकाले तस्करी नियन्त्रण गर्न नियमनकारी निकायको अबिलम्ब ध्यान जान जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here