गरुडा,२ पुस ।
केही दिन पहिला रौतहटको कटहरियामा आएका माओवादी नेता प्रचण्डले गरुडामा रहेको श्रीराम सुगर मिल्स संचालनका लागि आफुले पहल गर्ने बताएका थिए ।
तर उनले सो कुरा भनेको एक महिना बित्दा समेत मिल संचालनको कुनै छांटकाट छैन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जिल्लाभरिका उखु किसानले हस्ताक्षर गरी श्रीराम सुगर मिल सञ्चालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएका थिए । किसानको माग थियो, मिल बन्द भएपछि उखु खेतीमा लागेकाहरू मारमा परे । त्यसैले चाडै मिल सञ्चालनका लागि पहल गरिदिनुहोला ।
किसानको ज्ञापनपत्र बुझेपछि अध्यक्ष दाहालले आफूले सक्दो पहल थाल्ने आश्वासन दिएका थिए । यति ठूलो उद्योग बन्द हुनु राम्रो होइन । यसले किसान दुःखी छन्, उनले भने, जसरी भए पनि मिल चललाउन पहल गर्छु । सरकारको ध्यानाकर्षण गराउछु । अहिले जिल्लाभरिका किसान राजनीति दलका नेता गुहारिरहेका छन । केही समयअघि गृहजिल्ला आएका एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई समेत किसानले मिल सञ्चालनका लागि दबाब दिएका थिए ।
बर्सेनि घाटा व्यहोर्न बाध्य भएको भन्दै गोल्छा समूहको व्यवस्थापन पक्षले सुगर मिल बन्द गरेको थियो । २६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । कम्पनी सञ्चालक समितिको गत साउन ९ गतेको निर्णयले विधिवत् रूपमा बन्द गरेको हो । मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा व्यहोरेको सञ्चालकहरूको दाबी छ । २४ सै घण्टा सञ्चालन हुनुपर्ने मिल विभिन्न कारणले बन्द भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here