कटहरिया,५ पुस ।
चुनाव आउन अझै लामोसमय बांकी छंदा पनि रौतहटको कटहरिया नगरपालिकामा अहिले देखिनै नेताहरू जनतालाई ठगी गर्ने दाउमा लागिसकेका छन ।
कटहरिया नगरपालिकाका कैयौं दलका नेताहरू मतदाता लाई विभिन्न प्रलोभन दिनमा ब्यस्त भएको देखिन्छ । कटहरियामा अगामी निर्वाचनमा विभिन्न पदका उमेदवारका दाबी गर्ने नेताहरू अहिले मतदाताहरुको नागरिक्ता संकलन गरिरहेका छन । उमेदवारहरुले अनेक प्रकारको लोभ तथा आश्वासन दिएर दलित,गरिब,अशिक्षित परिवारको नागरिक्ताको संकलन गरिरहेको समाचार प्राप्त भएको छ ।
तपाईं आफ्नो पुरै परिवारको नागरिकताको फोटोकपी दिनुस हाम्रो पार्टीको माध्यमले कुनै प्रकारको बजेट तथा सहयोग आएमा पहिलो प्राथमिकतामा पर्नुहुन्छ भनेर सत्ताधारी दलका कैयौं नेताहरूले मतदातालाई मूर्ख बनाई रहेका छन ।
कसैले घर बनाईदिने,कसैले आर्थिक सहयोग गर्ने,कसैले छोराछोरीको जागिर लगाईदिने भन्दै कतिपय उमेदवार सोझा जनतालाई ठगी रहेका छन ।
गत स्थानीय तहको निर्वाचन अघि पनि कयौं उमेदवार ले चुनाव अघिनै त्यसप्रकारको विभिन्न प्रलोभन दिएर नागरिक्ताको फोटोकपी संकलन गरेका थिए । कटहरिया,फतुवा बिजयपुर,गरुडा,देवाही गोनाही नगरपालिका लगायत जिल्लाको प्रायः सबै स्थानीय तहमा चुनावको समय नेता तथा उमेदवारहरुले खाद्यान्न,कपडा, माछा मासु तथा पैसा बितरण गरेर आआफ्नो पक्षमा मत संकलन गरेका थिए ।
चुनाव जितेपछि कतिपय जनप्रतिनिधिले ४ बर्षमा ४ लाखको पनि ठोस विकास नगरी कटहरियामा ४ किता सम्म घरेडी जग्गा खरिद गरेका छन ।
जनताको मिहिनेत पसिना बाट उठेको कर बाट आएको बजेट आफ्नो बपौती संपती ठानेर पुर्णरुपमा बजेट दुरुपयोग गरेका थिए ।
चुनावमा कुनै प्रकारको प्रलोभनमा नपरी सक्षम, तथा ईमान्दार ब्यक्तिलाई निर्वाचित गरेमा मात्र आफ्नो गाउ तथा नगरको विकास हुने भएकाले सबै जनता सचेत हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here