अशोक पहाडी, जुडिबेला,५ पुस ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडानं २ को कुस्वार टोली यतीबेला सुसान छ । गाउका सबैजना बालबच्चा ,बाख्रा पाठा सबै बोकेर देशका बिभिन्न स्थानका ईट्टा भट्टमा काम गर्न गएका कारण सो गाउ सुनसान बनेको हो । बर्षका आठ महिना सो गाउ सुनसान हुने गरेको छ ।
भदौ देखी चैत सम्म सो गाउमा काम गर्न नसक्ने बुढापाका बाहेक कोही देखिदैनन् । उनीहरु रौतहट लगाएत देशका बिभिन्न स्थानमा रहेका ईटा भट्टामा काम गर्न जाने गरेकाछन् ।
करिव एक सय वटा घर रहेको सो गाउमा ७० परिवार काम गर्नका लागि भट्टामा जाने गरेको स्थानीय बासिन्दाले बताएकाछन् ।
गाउका सबैजना काठमाण्डौ,चितवन ,नवलपरासी लगाएतका भट्टामा काम गर्न गएका कारण गाउनै सुनसान भएको स्थानीय बृद्ध सुन्तलाल कुस्वारले तराई एक्सप्रेसलाई बताए ।
गाउका सबैजना परिवार सहित काम गर्न जिल्ला बाहिर जाने गरेका कारण सो गाउमा रहेको पाच सम्म पढाइ हुने विद्यालय समेत सुनसान हुने गरेको छ ।
विद्यालयमा पढन आउनेहरु बाउ आमासंगै भट्टामा गएका कारण सो स्थानमा रहेको दिव्य ज्याती आधारभुत विद्यालय समेत सुनसान हुने गरेको छ ।
उनीहरु विद्यालयमा भर्ना त हुन्छन् तर बाउ आमासंगै भट्टामा जाने गरेका कारण विद्यार्थी संख्या न्युन हुने गरेको विद्यालयका प्रधानाध्यापक ननिष चौबेले तराई एक्सप्रेसलाई बताए ।
बाउआमा संगै भट्टामा जानेहरुको पढाई बिग्रदै आएको प्रधानाध्यापक चौबेको भनाइ रहेको छ ।
भट्टामा काम गर्न जानेहरुका बालबालिकाको अध्यानको बिषयमा कसैले चासो नदिएका कारण उनीहरु पठन पाठनबाट बन्चित हुदै आएको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाका अन्य स्थानबाट समेत भट्टामा काम गर्न जानेहरुको संख्या धेरै रहेको छ । उनीहरुका बालबालिकाले समेत विद्यालय जान पाउदैनन् । यस्तो बिषयमा चन्द्रपुर नगरपालिकाले बेलैमा ध्यान दिएर उनीहरुलाई पठन पाठनको व्यावस्था मिलाउनु पर्नेमा शिक्षाविदहरुले जोड दिदै आएकाछन् । २०७८ पुस ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here