रौतहट,५ पुस । सवारी दुर्घटनामा गएराती एकजनाको ज्यान गएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको हिमालिबासमा ट्रिफरले मोटरसाइकललाई ठक्कर दिदा मोटर साईकल चालकको घटना स्थलमै ज्यान गएको हो ।
ना८ ख ४२०२ नम्बरको ट्रिपरले आइतबार राती साडे आठ बजेको समयमा ना १८ प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक लक्ष्मीनिया निवासी खेदु चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
ट्रिफरको चालक फरार रहेको र चालकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया बिजयपुरको प्रहरी निरिक्षक विष्णु विस्वकर्माले जनकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here