सुदन अछामी ,चन्द्रपुर,५ पुस ।
जिल्लाको चन्द्रपुर नगरपालिका ५ स्थित राजपैडा गाउमा यतीबेला भु माफियाकाका कारण गाउमा बिवाद उत्पन्न भएको छ ।
बर्षौदेखी बसोबास गरिरहेका स्थानीयको जग्गामा भु माफियाको नजर परेपछि स्थानीय समस्यामा परेकाछन् ।
जाल सांछी गरेर सर्वसाधारण जमिन आफ्नो नाममा गराउने र पछि अदालतको पत्रका आधारमा सर्बसाधारण घर भत्काउने काम भएको भन्दै स्थानीयले गुनासो गरेकाछन् ।
सर्लाही घर भएका माफिया रामधारी यादव र एक स्थानीय महिलाका कारण राजपैडा गाउनै आतंकीत बनेको छ ।
स्थानीय संजादेवी थरुनीले आफ्ना छिमेकी आपंग फगु गुरोलाई जालसाछी गरेर मुद्ध हालेपछि अदालतको पत्रका आधारमा गुरोको घर भत्काइए पछि उनको बिजोक भएको स्थानीयले बताएकाछन् ।
गुरोको घर भत्काएपछि स्थानीय मिलेर थरुनीको घरमा तोडफोड गरेको भन्दै थरुनीले अपांग गुरो ,पुजा गुरो र बालकुमारी चौधरी माथि प्रहरीमा निवेदन दिएकी छिन् ।
तीन पुस्ता देखी सो स्थानमा बसेकाहरुको लाई बिजोक बनाउने काम भएको भन्दै स्थानीयले चर्को बिरोध गरेकाछन् ।
थरुनी र यादव मिलेर स्थानीयको ११९ कित्ता नम्बरको जमिनमा मुद्धा दिएको र मुद्धा जितेपछि १२५ कित्ता नम्बरमा रहेको अर्का स्थानीयको पनि उखाल्न लगाएको गाउलेहरुले गुनासो गरेकाछन् ।
अदालतको पत्र सहित प्रहरीनै घर भत्काउन आउने गरेकाले गाउलेहरु डराउन थालेको उनीहरुको भनाइ रहेको छ ।
गाउमा पछिल्लो समय माफियाको नजर लागेपछि कतिबेला कस्को घर भत्कने हो भन्ने डरमा स्थानीय रहेकाछन् । २०७८ पुस ५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here