अशोक पहाडी
रौतहट,५ पुस । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयमा स्थानीयले ढुंगामुडा गरेकाछन् । प्रहरीले दोषीलाई बचाउन खोजेको आरोपमा स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुडा गरेका हुन् ।
ढुङामुढा प्रहार बाट २ जना प्रहरी घाइते भएको तथा सो क्रममा ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको ईन्स्पेक्टर विश्वकर्माले बताएका छन । प्रहरीको लठी प्रहार बाट एकजना स्थानीय मुक्ति पटेलको टाउको फुटेको छ । आईतबार राती टिपरको ठक्कर बाट एकजना स्थानीय ज्यान गएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रहरी माथि आक्रोशित भएका हुन् ।
फतुवा बिजयपुर ११ हिमालिबासमा टिफरको ठक्करबाट मोटरसाइकल चालक पुर्वमाओवादी हाल एमाले नेता खेदु चौधरीको मृत्यु भएको थियो ।
उनको मृत्यु पछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरि पोष्टमार्टमको लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर विष्णु विश्वकर्माले मनपरि गरेको आरोप लागेको छ । स्थानीयले टिफर ब्याक गरेर चौधरीलाई मारेको आरोप लगाएकाछन् ।
परिवारको सहमती बेगर ईन्स्पेक्टर विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार घटनालगतै राती ९ बजे पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाएको मृतक खेदु चौधरीका भाई टंईट चौधरीले बताए ।
पीडित परिवार संगै सैयौंको संख्यामा रहेका गाउँलेहरुले सोमबार बिहानै देखि बिजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालय माथी ढुङामुढा प्रहार गरेका थिए ।
अहिले प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि बाटो अवरुद्ध गरेर धर्नामा बसेका छन । धर्नाको अगुवाई फतुवा बिजयपुरकी उपमेयर कान्ति देवि महतोले गरिरहेकी छिन । धर्ना बस्ने अन्य नेताहरूमा एमाले नगर अध्यक्ष बिजय यादव,मेयर प्रत्याशी सुरेन्द्र यादव,वडा अध्यक्षहरु संजय साह,उमाशंकर जयसवाल,हिरालाल यादव,मनोज चौधरी, दिपनारायण चौधरी लगायतका नेताहरू रहेका छन ।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर विष्णु विश्वकर्माले स्थानीय क्रसर व्यावसायीको प्रभावमा परेर घटना सामसुम पार्न खाजेको स्थानीयको भनाइ रहेको छ ।