चन्द्रपुर,६ पुस ।
बिगत केही बर्ष देखी गरिव तथा विपन्नका लागि न्यानोको जोहोमा लागेका चन्द्रनिगाहपुरका केदार तिमलसिना यस बर्षको जाडोमा समेत विपन्नलाई न्यानो कपडा बांडने अभियानमा जुटेका छन् ।
सेलिब्रेटी रिक्सा चालकका रुपमा परिचित तिमलसिनाले रौतहटका गरिव तथा बिपन्नका लागि हरेक बर्ष गाउगाउमा पुगेर न्यानो कपडा बांडदै आएकाछन् ।
यस बर्षपनि जाडो बढेपछि उनले जिल्लाका मुसहर बस्तीका गरिव तथा बिपन्नका लागि न्यानो कपडाको खोजी कार्य सुरु गरेकाछन् । देश तथा बिदेशमा बस्ने नेपालीहरुबाट संकलन गरेको न्यानो कपडा तिमलसिनाले आफ्नै खर्चमा रौतहटका बिभिन्न गाउमा लगेर निशूलक वितरण गर्दै आएकाछन् ।
स्थानीय तहका जनप्रतिनिधिले गर्न नसकेको काम तिमलसिनाले बिगत केही बर्ष देखी गर्दे आएकाछन् । उनले यस बर्षको जाडोबाट बिपन्नलाई बंचाउनका लागि समाजिक संजाल फेसबुक मार्फत सबैसंग आग्रह गरेको तराई एक्सप्रेसलाई बताए ।
२०७८ पुस ६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here