??????

बिजयपुर,७ पुस ।
फतुवा बिजयपुरमा आगलागी हुंदा एक बालिकाको ज्यान गएको छ । एक बालक घाईते भएकाछन् । लाखौं बराबरको क्षति भएको छ । आगलागिबाट घाइते बालकको अवस्था चिन्ताजनक रहेको छ ।
फतुवा बिजयपुर १ बरगिनिया गाउंका मदन यादवको घरमा मंगलबार दिउसो २ बजे अचानक आगलागी भएको थियो । खरको छानो भएको यादवको घरमा आगलागि भएको स्थानीयले बताए । यादवको घरबाट सल्केको आगोले छिमेकी जोखु यादवको घरमम पनि सल्कदा उनकी ३ बर्षिया छोरिको जलेर घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष संजय साहले जानकारी दिएका छन । उनकै छोरा पनि घाईते भएकाछन् । उनको अवस्था गम्भिर रहेकाले उपचारका लागि पठाइएको वडा अध्यक्ष संजय साहले जानकारी दिए । मृतक बालक र घाईते बालिकाको नाम खुल्न सकेको छैन् । आगलागी बाट मदन यादवको घर तथा घरमा रहेको अन्न,लत्ता कपडा लगायत सबै सामान जलेर २ लाख ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
त्यसैगरी आगलागीबाट रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बिजयपुरका ईन्स्पेक्टर बिष्णु विश्वकर्माको कमान्डमा गएको प्रहरी टोलि र गाउलेको प्रयासमा झन्डै १ घन्टामा आगलागी नियन्त्रणमा आएको थियो ।
आगो निभेपछि पुग्यो दमकल
फतुवा बिजयपुर,कटहरिया,बधिमाई,राजपुर,परोहा लगायत नजिकको कुनै स्थानीय तहमा आगो निभाउने बारुणयन्त्र दमकल उपलब्ध छैन । प्रहरीको अनुरोधमा जिल्ला सदरमुकाम गौरबाट आएको बारुणयन्त्र दमकल आगलागी भएको झन्डै डेढ घन्टा पछि साढे ३ बजे घटनास्थल फतुवा बिजयपुर १ बरगिनिया गाउमा पुगेको थियो । रौतहटको १८ वटै स्थानीय तह मध्ये प्रायः सबै तहका प्रमुख उपप्रमुखलाई चढ्न करोडौंको लगानीमा बिलासी गाडीहरु खरिद भएको छन । तर कुनै पनि स्थानीयतहका प्रमुखहरुले बारुणयन्त्र दमकल खरिद नगरेको कारण सो क्षेत्रमा आगलागीको घटना हुंदा बारुणयन्त्र दमकलको लागि घन्टौ कुर्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका र गौर नगरपालिकामा रहेको बारुणयन्त्रले जिल्लाभरी हुने आगलागि नियन्त्रण गर्नुपर्ने अवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here