बिश्रामपुर,८ पुस । पुर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने बताएका छन् । बुधबार रौतहटको बृन्दावन ५ नरकटियामा स्वास्थ्य चौकी उद्धाटन गर्न गृह जिल्ला आएका नेता नेपालले एमसीसीका बारेमा बोल्दै छिमेकी देशको बिरोधमा नेपाल नलाग्ने बताए । उनले नेपालको जमिनमा नेपालकै अधिकार रहेको बताउदै देश निर्माण र रोजगार सिर्जना गर्ने अधिकार पनि नेपालकै रहेको बताए । उएनले एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहंदा एमसीसीमा नया नया प्रस्ताव ल्याउदै हस्ताक्षर गरेर जनतामा भ्रम सिर्जना गरेको आरोप लगाए ।गठबन्धन र पार्टीभित्र एमसीसीका बारेमा छलफल भईरहेको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here