रौतहट,८ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओली आज वीरगंज आउदैछन् । वीरगंजमा हुने पार्टी प्रबेस कार्यक्रममा सहभागि हुन ओली वीरगज आउन लागेको एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएकाछन् । सो कार्यक्रममा रौतहटबाट समेत ठुलो संख्यामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेस गर्ने तयारी रहेको रेग्मीको भनाई रहेको छ । ओलीको कार्यक्रममा सहभागि हुन रौतहटका सबै कमिटिले ठुलो संख्यामा जन सहभागिता गराउने तयारी रहेको एमाले जिल्ला अध्यक्ष तुलसीराज गिरीले जानकारी दिए ।
वीरगंजमा हुने ओलीको कार्यक्रममा चन्द्रपुर नगरपालिकाको हरेक वडा कमिटिले एउटा बस लाने तयारी गरेको एमाले नगर उपाध्यक्ष राजु तिवारीले तराई एक्सप्रेसलाई बताए ।