जनकपुर,९ पुस ।नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदतर्फ मतगणना जारी छ । कृष्ण यादवको प्यानलबाट उपसभापति पदमा प्रदेश २ का महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह सर्लाही र बाराका चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्।
यस्तै सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दिएका छन्।
यस्तै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल चुनावी मैदानमा छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here