अशोक पहाडी
रौतहट,११ पुस ।
भरातको अहम्दावादमा जारी अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । हिजो भएको खेलमा नेपालका दिर्घ लामा र बब्लु राईने स्वर्ण पदक हात पारेका हुन । १६ औ इन्टरनेसनल कराते कप मा मकवानपुर जिल्ला ठिङनका दिर्ग बहादुर लामा सिनियर काता तर्फ प्रथम र धनुषा जिल्ला महेन्द्रनगर का बब्लु राईनले जुनियर काता तर्फ स्वर्ण पदक हात पारेको नेपालबाट सो प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्न गएका अन्तरष्ट्रिय निर्णायक बिरेन्द्र कर्णले तराई एक्सप्रेसलाई जानकारी दिए । मध्यामाञ्चल क्षेत्रिय खेलकुद विकास समिति प्रदेश २ का उप निर्देशक तथा करातेका अन्तराष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा सो प्रतियोगिता खेल्न नेपाली टोली भारत गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here