चन्द्रपुर,११ पुस ÷ तिमलसिना समाज रौतहटको पारिवारीक बनभोज कार्यक्रम शनिबार भब्य रुपमा सम्पन्न भएको छ । रौतहटको शहिद स्मृती पार्कमा भएको पारिवारिक वन भोजमा जिल्लाभरीका बिभिन्न स्थानमा बसोबास गदै आएका तिमलसिनाहरुको सहभागिता रहेको थियो । बनभोज कार्यक्रममा रौतहट क्षेत्र नं। ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले वनभोज कार्यक्रमले आपसमा सदभाब बढने बताउनुभएको थियो । एक अर्कामा चिनजान तथा भाइचारा कायम राख्न महत्वपुर्ण भुमिका खेल्ने संसद तिमलसिनाले बताउनु भएको छ । तिमलसिना समाज रौतहटका अध्यक्ष कृषण तिमलसिनाको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिब सहदेब तिमलसिनाले गरेका थिए ।
उक्त बनबभोजमा रौतहटको चन्द्रपुर नगरपालिका,गुजरा नगरपालिका,बृन्दावन नगरपालिका तथा फतुवा बिजयपुर नगरपालिकामा बसोबास गदै आएका सयौ परिवारहरुको सहभागिता रहेको सचिब सहदेब तिमलसिनाले जानकारी दिएका छन । यसैबिच सोही भेलाले तिमलसिना समाजको चन्द्रपुर नगर कमिटि गठन गरेको छ । राजकुमार तिमलसिनाको अध्यक्षमा १५ सदस्यीय नगर कमिटि गठन गरेको जिल्ला अध्यक्ष कृष्ण तिमलसिनाले जानकारी दिनुभएको छ ।
समितिको उपाध्यक्षमा बासुदेब तिमलसिना,सचिबमा सृजल तिमलसिना,सह सचिबमा प्रकाश तिमलसिना,कोषाध्यक्षमा इन्जला तिमलसिना रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा टिका बल्ब तिमलसिना,दिपेन्द्र तिमलसिना,कुमार तिमलसिना,रन्जु तिमलसिना,बिभा तिमलसिना,रामकृष्ण तिमलसिना,टंक प्रसाद तिमलसिना लगायत रहनुभएको जिल्ला अध्यक्ष कृष्ण तिमलसिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here