चन्द्रपुर,११ पुस । चन्द्रनिगाहपुरका एक युवाले आफ्नै निजी खर्र्चमा गरिव परिवारको लागि कम्बल बितरण गरेकाछन् ।
चन्द्रपुर ६ माथियाहीका युवा बलिराम चौधरीले गरिव तथा बिपन्न परिवारका लागि कमबल बितरण गरेका हुन ।
चौधरीले चन्द्रपुर ६ को सुकुम्बासी बस्तिका २० घर परिवरका लागि २० थान कम्बल बितरण गरेका हुन् ।
गरिवको घर परिवार पुस जाडोमा पनी सुकुल ओढेर सुत्नु परेको आफुले देखेपछि २० थान कम्बल किनेर आफुले वितरण गरेको चौधरीले बताए ।
चन्द्रनिगाहपुर बजारमा मोटर साईकल ग्यारेज संचालन गरेर बसेका चौधरीले यसभन्दा पहिला समेत बिभिन्न सामाजिक कार्य गर्दे आएकाछन् ।
आफ्नो आशपासका गरिव तथा बिपन्नका लागि सहयोग गर्दे आएका चौधरीले बिभिन्न समयमा सहयोग गर्दे आएकाछन् । उनले चन्द्रपुरमा पछिल्लो समय जग्गा प्लटिङका कारण सर्वजनिक जमिन अतिक्रमणको बिषयमा समाजिक संजालमा चर्को बिरोध गर्दे आएकाछन् ।
कुनै समय चन्द्रनिगाहपुर बजारमा मरेका कुकुरको व्यावस्थापन गरेर नगरपालिकाको कार्यालयलाई चुनौती दिएका चौधरीले समाज परिवर्तनका लागि बिभिन्न खाने रचनात्कम काम गर्दे आएकाछन् ।
आफुले बिभिन्न समयमा खान नपाउने गरिव तथा बिपन्नका लागि चामलको जोहो समेत आफुले गर्दे आएको चौधरीको भनाइ रहेको छ ।
आफ्नै कमाइबाट उनले गरिव तथा विपन्नका लागि सक्दो सहयोग गरेको चौधरीको भनाइ रहेको छ ।
पछिल्लो समय बलिराम चौधरीले आफ्नो वडा तथा अन्यत्र कतै गरिव तथा दुखि देखेमा सक्दो सहयोग गर्दे आएको र सहयोग गर्ने क्रम निरन्तर रहले उनले तराई एक्सप्रेसलाई बताए ।२०७८ पुस ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।