गौर,१२ पुस ।
मेयर सियाराम कुश्वाहाले कटहरिया नगरपालिका विकासको अग्रस्थानमा रहेको बताउनु भएको छ ।
बिगतमा पश्चिम् लालबकैया नदि र क्षेत्रको नेतृत्व राम्रो नभएको कारण विकासमा पछी परेको कटहरियामा अहिले द्रतुतगतिमा विकास निर्माणको काम भैरहेको मेयर कुश्वाहाले जिकिर गर्नुभएको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाको प्रांगणमा आइतबार आयोजित परिच्यात्मक कार्यक्रममा बोल्दै उहाँले पुर्वमन्त्री तथा एमाले नेता प्रभु साहको पहलमा कटहरियाको चौतर्फी कालोपत्रे,ब्यवस्थित बजार निर्माण,विवाह भवन निर्माण लगायत करोडौंको काम भैरहेको मेयर कुश्वाहाले जानकारी दिनुभयो ।
त्यसैगरी साबिक कटहरिया गाविस अर्थात वडा ४ र ५ मा ५४ करोडको लगानीमा ढल तथा नाला निर्माण,गाउ गाउँमा ढलान,प्राथमिक स्वास्थ केन्द्र भवनको निर्माण कार्य भैरहेको बताउंदै ईलाका प्रहरी कार्यालय कटहरियाको कम्पाउण्डवाल र एकपटकमा १ सयजना मानिस बसेर छलफल गर्नसक्ने गोलघर निर्माण गराउने मेयर सियाराम कुश्वाहाले प्रतिबद्धता जनाउनु भयो । परिच्यात्मक कार्यक्रममा ईलाका प्रहरी कार्यालय कटहरियाको प्रमुखको रूपमा हालै आउनुभएका सई शुरेस गुप्ताले जनताको चाहना अनुसार नागरिकको ज्यान धनको सुरक्षामा अहोरात्र खट्ने प्रतिबद्धता जनाउनु भयो ।
समाजमा कुनै प्रकारको अपराधिक क्रियाकलाप तथा शंकास्पद गतिविधि देखिएमा समयमै प्रहरी खबर गरेर सहयोग गर्न उहाँले कटहरिया नगरबासिलाई आग्रह गर्नु भयो।
राज्यले मलखाद पुरागर्न नसकिरहेको अवस्थामा किसानले आफ्नो खेतमा प्रयोग गर्न कतैबाट खरिद गरेर ल्याएमा कटहरियाको प्रहरीले न समात्ने विश्वास दिलाउंदै सई शुरेस गुप्ताले किसानको नाउँमा मलखादको तस्करी भएमा त्यस्तालाई कार्वाहीको दायराम ल्याउने बताउनु भयो ।
परिचयात्मक कार्यक्रममा कटहरिया एफएमका प्रमुख संजय मिश्रा,एमाले नगर अध्यक्ष योगेन्द्र साह,वडा अध्यक्षहरु सर्फलाल गुप्ता,उमेश यादव,हरिभजन साह,
वडा प्रत्याशी राजनारायण साह,श्यामाकान्त यादव,राजेश साह लगायतका अतिथिहरुले अबैध मदिराको खुला बिक्री बितरणको कारण विभिन्न अपराधिक घटनाको वृद्धि भैरहेकाले नियन्त्रण गर्न नवआगन्तुक सई शुरेस गुप्ताको ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here