चन्द्रपुर,१३ पुस ।
नेकपा एकिकृत समाजवादीका नेता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतीवडाले धुन्धकारी ओलीका कारण आफुहरुले बाध्य भएर पार्टी छाडनु परेको बताएछन् ।
नेकपा एकिकृत समाजवादी पार्टी चन्द्रपुर नगरपालिकाले आयोजना गरेको चन्द्रपुर नगर स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे मन्त्री खतिवडाले घरमुली ओलीनै खराव भएका कारण आफुहरुले पार्टी फुटाउन बाध्य भएको बताए ।
नेकपा एकिकृत समाजवादी चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहालको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खतिवडाले ओली दिनभरी चर्को कम्युनिष्ट र राती राती भारतीय एजेण्ट र को कामदार भएको आरोप लगाए ।
नेकपा एमाले नामको पार्टी माधव कुमार नेपालले बनाएको बताउदै स्वास्थ्य मन्त्री खतिवडाले ओलीले जालझेल गरेर महाधिबेसनमा चुनाव जितेको र उल्टै मावब नेपाललाई पाखा लगाउने काम गरेको आरोप लगाए ।
आफ्नो भाषणको अधिकांस समय केपी ओलीको बिरोधमा खर्चेका खतिवडाले ओलीले नेपालको कम्युनिष्ट आन्दोलन सखाप पार्ने काम गरेको आरोप समेत लगाए ।
राष्ट्रिपति विद्यादेवी भण्डारी ओलीको कार्यकर्ता जस्तो काम गरेका कारण समेत नेपाल राष्ट्रिपतिको गरिमा घटेको स्वास्थ्य मन्त्री खतिवडाको भनाइ रहेको थियो ।
ओली सांसद मारा भएको जिकिर गर्दे खतिवडाले आफुलाई राष्ट्रिवादी बताउने ओलीले झापामा आफु चुनाव जित्नका लागि राप्रपासंग सहकार्य गरेको आरोप लगाए ।
स्वास्थ्य मन्त्री खतिवडाले ओलीले उखान टुक्का र तोता मैनाको कुरा गरेर पार्टी ध्वस्त गरेको आरोप लगाए । ओलीले बिहान उठना साथ सांझ नपरुन्जेल नेपाल र प्रचण्डको बिरुद्धमा बोल्ने गरेको बताउदै आफ्नो पार्टीले आउने स्थानीय तहको निर्वाचनमा ओलीलाई धुलो चटाउने सम्मको कुुरा गर्न भ्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here