अशोक पहाडी
चन्द्रपुर,१३ पुस ।
रौतहट जिल्लाको चन्द्रपुर ३ गैडाटारमा पर्यटकिय क्षेत्र बनाउने काम सुरु भएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुर नगरपालिकाको वडानं ३ स्थित तिलेश्वर नाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वर नाथ पर्यटकिय क्षेत्र निर्माणको काम धमाधम भईरहेको छ ।
सात करोडको लागतमा सो स्थानमा चन्द्रपुर नगरपालिकाकै नमुना पर्यटकिय स्थल निर्माणको काम सुरु भएको तिलेश्वर नाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
निर्माण कार्य सुरु भएको सो पार्कको ८९ साल सम्म काम सम्पन्न गर्ने गरी एक निर्माण सेवाले ठेक्का पाएको छ । आ“उदो फागुन देखी सो स्थानमा सुइमिङ पुल संचालनमा आउने अध्यक्ष धामीको भनाइ रहेको छ ।
सात करोडको लागतमा सो स्थानमा सुइमिङ पुल ,मन्दिर ,पिकनिक स्पोर्ट ,बाटो लगाएतको काम हुने छ । सामुदायीक वनले भने सो स्थानमा चिडियाखाना बनाउने काम थालेको छ । रौतहट जिल्लाकै बिकट स्थान मानिने गैडाटारमा पर्यटकिय स्थल नबन्दै घुम्न आउनेको संख्या बढ्दै जान थालेको स्थानीय बासिन्दा सन्तोष चौहानले तराई एक्सप्रेसलाई बताए ।
अहिले सो स्थानमा चिल्ड्रेन पार्क ,चिप्लेटी ,सानो किङ ,फलबारी लगाएका घुम्ने र रमाउने स्थान रहेको छ ।
तिलेश्वरनाथ सामुदायीक वनको क्षेत्रमा बन्दै गरेको पर्यटकिय स्थलमा सबैभन्दा पहिला सक्ने गरी सुइमिङपुलको काम भईरहेको छ । आउदो फागुनबाट सो स्थानमा सुभिदा सम्पन्न रेष्टुरेण्ट र सुइमिङ पुल संचालनमा ल्याउने तयारी भईरहेको अध्यक्ष धामीले बताए । सो पार्कको सम्पुर्ण काम सकिएपछि रौतहट सहित छिमेकी देश भारतका पर्यटकहरु सहजै सो स्थानमा आउने स्थानीय बासिन्दा रेवप्रसाद मैनालीको भनाइ रहेको छ ।
जिल्लाकै नमुना पर्यटकिय स्थल बनाउने अभियानमा आफुहरु रहेको तिलेश्वरनाथ सामुदायीक वन उपभोक्ता समितिका कोषाध्यक्ष भुनेश्वर गुरोको भनाइ रहेको छ । सामुदायीक वनको बिचमा रहेको सो पार्कमा आन्तरिक पार्यटकलाई आर्कर्षित गर्नका लागि बिभिन्न काम भइरहेको निर्माण समितिले जनाएको छ ।
चा“दी खेलाको पुल बनेपछि बा¥ह महिना सो स्थानमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटकलाई सहजै आउन जान सजिलो हुने स्थानीय बासिन्दाको भनाइ रहेको छ । अहिले सो स्थानमा रेष्टुरेण्ट ,केटजहरु संचलनमा रहेकाछन् ।