अशोक पहाडी
रौतहट,१३ पुस । रौतहटमा भएको सवारी दुर्घटनामा पांच जनाको ज्यान गएको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो ।
रौतहटको गढीमाइ नगरपालिका दुई जनाको सो कार दुर्घटनामा ज्यान गएको हो । गौर बाट चन्द्रनिगाहपुर तर्फ आउदै गरेको कार जयनगरमा दुर्घटना भएको थियो । रौतहटको गढीमाई नगरपालका ४ का मुसाफिर अन्सारी र शेख छोटुको घटना स्थलमै ज्यान गएको हो । अन्य तीनजनाको नाम खुल्न सकेको छैन् । बिआर ०५पिए ६९५३ नम्बरको स्कोरपियो कार अचानक सडक किनारमा रहेको पोलमा ठेक्कीएर सडक तल खसेको थियो ।
दुर्घटनाको बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।