चन्द्रपुर,१७ पुस । रिक्सा चालक केदार तिमलसिनाले न्यानो कपडा वितरण गरेकाछन् ।
सेलिब्रेटी रिक्सा चालकका रुपमा परिचित तिमलसिनाले हरेक बर्ष जाडोमा कपडा संकलन गरेर वितरण गर्दे आएकाछन् ।
शुक्रबार बिहान तिमलसिनाले चन्द्रपुर ५ को नहर टोलका करिव एक सय परिवारका लागि कपडा वितरण गरेका थिए । उनले बिभिन्न स्थानबाट संकलन गरेको कपडा नहर टोलमा रहेका गरिव तथा विपन्न परिवारलाई बितरण गरेका हुन ।
सो टोलमा रहेका गरिव परिवारका एक सय परिवारलाई ज्याकेट ,पाईन्छ ,लगाएत जाडोमा लगाउने कपडा वितरण गरेको तिमलसिनाले तराई एक्सप्रेसलाई जानकारी दिए । उनले जिल्लाका अन्य स्थानमा रहेका गरिव तथा बिपनन परिवारलाई समेत आफुले कपडा बितरण गर्ने बताए । उनले समाजिक संजाल फेसबुकको माध्यमबाट कपडा संकलन गरेर वितरण गर्दे आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here