बिजयपुर,१७ पुस ।
संविधानसभा सदस्य सुनिल यादव जितेन्द्रको बाजेको नाउ“मा रहेको रामबहादुर गृषनन्दन प्राथमिक विद्यालयमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलिले छापामारी गरेको छ ।
फतुवा बिजयपुर नपा ७ स्थित उक्त प्राथमिक विद्यालयमा हेटौंडाबाट खटिगएको अख्तियारको टोलिले छापामारी गरेको हो ।
संविधासभा सदस्य यादवका भाई ज्ञानेन्द्र यादवले पछिल्लो एकदशक देखि आफै प्रधानाध्यापक रहेर रामबहादुर गृषनन्दन प्रावी संचालन गर्दै आएका थिए ।
गत निर्वाचनमा सभासद यादवका आफ्नै फुफुको छोरा गोपाल यादव मेयर पदमा निर्वाचित भएपछि कहिलै एउटा पनि विद्यार्थी नरहेको उक्त विद्यालयमा विभिन्न शिर्षकमा लाखौं लाख निकासा गराएर भ्रष्टाचार गर्दै आएको स्थानीयको भनाइ छ ।
एकजना पनि विद्यार्थी नरहेको उक्त विद्यालयका प्रधानाध्यापकको रूपमा रहेर ज्ञानेन्द्र यादवले पाठ्यपुस्तक, दिवाखाजा,बाताबरण सुधार लगायत विभिन्न शिर्षकमा बर्षेण्नी लाखौंरुपैया निकासा गराउंदै आएको एकजना शिक्षकले नाम नछाप्ने सर्तमा बताएका छन ।
त्यतिमात्र नभै विद्यालय हाताभित्र अर्को भवन निर्माणका लागि प्रदेश २ सरकार बाट ८० लाख रुपैया निकासा गराएको छन् । सो रकम मध्ये बढीमा ४० लाख भित्रैको काम भएको स्थानीयले गुनासो गर्दै आएका छन ।
प्रदेश सरकार बाट आएको उक्त रकम भवन निर्माण सुरुहुनु अघिनै नगर शिक्षा संयोजक हरेन्द्र यादवको नाउमा पेस्की स्वरुप निकासा भएको थियो ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले रकम निकासा भएको स्विकार्दै केहिसमयको लागि विद्यालयको खाता रोक्का गरेको बताएका थिए ।
मेयर गोपाल यादवले नगर शिक्षा संयोजकमा एकजना वडा सचिव हरेन्द्र यादवलाई राखेपछि फतुवा बिजयपुरमा शिक्षा क्षेत्रमा व्यापक अनियमितता बढेको स्वंय शिक्षकहरुले बताउंदै आएका छन । रामबहादुर गृषनन्दन प्राबिमा व्यापक अनियमितता भएको एकजना स्थानीयले अख्तियार दुरुपयोग अनुसंधानको कार्यालय हेटौंडामा उजुरी दिएपछि केही समय अघि ज्ञानेन्द्र यादवले प्रधानाध्यापक पद बाट राजिनामा दिएका थिए । अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा बाट कविन राईको नेतृत्वको टोलीले विद्यालयमा छापामारी गरेको हो । विद्यालयमा निर्माणाधीन भवनमा व्यापक भ्रष्टाचार भएको आवेदन परेपछि अनुसंधान गर्न सो टोली पुगेको थियो ।
अख्तियारको टोली विद्यालय समयमै पुग्दा एक जना पनि शिक्षक र विद्यार्थी भेटाएको थिएन् । लाखौंको भवन निर्माण भएको तर एक जना पनि शिक्षक र विद्यार्थी न देख्दा अख्तियारको टोलि अचम्मित भएको थियोे ।
अख्तियारको टोलिले विद्यालयको केही कागजात नियन्त्रणमा लिएर गएको बताईएको छ ।
फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयोजक हरेन्द्र यादव संग सोध्दा अख्तियारमा निवेदन परेको आधारमा टोली छानबिनको लागि पुगेको प्रतिक्रिया दिएका छन् ।
एकजना पनि शिक्षक तथा विद्यार्थी नरहेको उक्त बिधालयमा कार्यालय सहयोगिको रूपमा स्थानीय गरिब राय कार्यरत छन । उक्त विद्यालय बाट एकबर्ष अघि सरुवा भएर हाल बरगिनिया प्राबिका प्रधानाध्यापक रहेका कैलाश राउतकै नामले विद्यालयको खाता संचालन रहेको छ ।
सभासद जितेन्द्र यादवका बाजेको नामले दर्ता रहेको उक्त विद्यालयमा विभिन्न शिर्षकमा लाखौं रकम निकासा हुने तर प्रधानाध्यापक रहंदा आफुले हस्ताक्षर मात्र गर्ने निकासा भएको सबै रकम सभासद,मेयर र शिक्षा संयोजकको हालिमुहालिले चलाउने भएकाले आफू सरुवा गराएर भागेको बरगिनिया प्राबिका प्रधानाध्यापक कैलाश राउतले प्रतिक्रिया दिएका छन ।शिक्षक कैलाश राउत सरुवा भएर बरगिनिया प्राबिमा गएको लामोसमय हुंदा पनि हालसम्म रामबहादुर गृषनन्दन प्राबिको खाता उनकै नामले संचालन रहेकाले शिक्षाको नाउमा भैरहेको अनियमिततामा मेयर गोपाल यादव,ज्ञानेन्द्र यादव र नगर शिक्षा संयोजक हरेन्द्र यादवका साथै उनको पनि संलग्नता रहेको देखिन्छ ।
यश अघि सभासद जितेन्द्र यादवकी श्रीमती संगिता यादव पनि कहिलै विद्यालय नगएर बर्षौंदेखी घर बसिबसी शिक्षिकाको रूपमा तलब खाएको विभिन्न मिडियामा समाचार प्रकाशन प्रशारण हुंदा आलोचित भएपछि उनले राजिनामा दिएकी थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here