चन्द्रपुर,१८पुस । रौतहट जिल्लाका बिभिन्न पर्यटकिय स्थल सनिबार भरीभराउ भए । अंग्रेजी नयां बर्षको अवसरमा रौतहटका बिभिन्न स्थानमा रहेको पर्यटकिय स्थल भरीभराउ भएका हुन । जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको नुनथर ,डावरी ,गैडाटारको धामी पार्क ,चन्द्रनिगाहपुरको सहिद स्मृती पार्क ,गुजरामा रहेको पार्कमा जिल्लाभरीका तथा जिल्ला बाहिरका पर्यटकले सनिबार भरीभराउ भएको थियो ।
रौतहटको बागमतीमा रहेको नुनथरमा भारत देखीका मान्छे पिकनिकका लागि आएको स्थानीय समिरबाबु कार्कीले बताए । चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानमा रहेका पार्क तथा पर्यटकिय स्थालमा पछिल्लो समय आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
अंग्रेजी नया बर्ष २०२२को अवसरमा नुनथरमा पर्यटकको भिडनै लागेको थियो । रौतहट जिल्लाको नया गन्तब्यका रुपमा रहेको चन्द्रपुर ३ गैडाटारमा रहेको तिलेश्वर नाथ पर्यटकिय स्थाल ,धामी पार्कमा समेत यो बर्षको नयां बर्ष मनाउन आउनेको भिड लागेको स्थानीयले बताए ।
यता हरेक बर्ष झै यस बर्ष पनि नुनथरमा थामी नसक्नु पर्यटकको भिड लागेको स्थानीयको भनाइ रहेको छ । १ सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यँहाको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महत्त्वले प्रख्यात छ । यही पानी नबिराई दुई वर्षसम्म खाएमा कुष्ठरोग चर्म रोग निको हुने जनविश्वास छ ।
नुनथर आफ्नै किसिमको मान्यता बोकेको विषयवस्तुले गर्दा निकै प्रसद्धि छ । विविधता एवम् प्रकृतिको मनमोहक दृश्यावलोकन, मिठासयुक्त नुनिलो पानीको स्वाद चाख्न, वनभोजका र शिवको मन्दिर दर्शनका लागि भारतबाट समेत पर्यटकहरू आउछन । छिमेकी सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरू यहाँ घुम्न आउछन । साउन भदौ महिनाभरि यहा मेला लाग्छ ।
उत्तरतर्फको भिमबाध महाभारत पात्र महावली भीमले बागमतीमा बाँध लगाएर चुरेको भित्री खण्ड सिंचाइ गर्न बनाइएको भनिन्छ । उनको प्रेरणाले सत्कार्यपूर्ण आकार लिन नसके पनि अवशेषको रुपमा रहेको भीमबा ध ड्यामले प्रमाणित गरेको छ । ५ पाण्डव वनवासका बेला भीमसेनले चुरेको भित्री खण्ड मात्र नभई भावरका केही सुख्खा भूमागमा सिंचाइ गर्न चाहेका थिए । तर शकुनिले गँगटाको रुप लिएर बाध भत्काएको हुदा कार्य अधुरो रहेको किंवदन्ती छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here