चन्द्रपुर,१९ पुस । जनमत पार्टीले आईतवार पनि राजमार्ग बन्द गर्ने प्रयास असफल भएको छ । सो पार्टीका नेता तथा कार्यकर्ताले पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा चक्का जाम गर्ने प्रयास असफल भएको हो । उनीहरु दैनिक चार देखि राजमार्गमा चक्का जाम गर्ने प्रयासमअ छन् । राजमार्ग बन्द गर्ने प्रयास आईतवार पनि असफल भएपछि कोणसभा गरेर उनीहरु फर्केका थिए ।
जनमत पार्टीले किसानका मुद्दा लिएर अनिश्चित कालका लागि राजमार्ग बन्दको आयोजना गरेको भएपनि बन्द हुन सकेको छैन ।
आफुहरुले किसानलाई समयमा बीउ बिजन ,मलखद सहज उपलब्ध होस भनेर बिरोधका कार्यक्रम गरेको जनमत पार्टीको रौतहट जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here