अशोक पहाडी
रौतहट,२० पुस । अत्याधिक चिसो बढेपछि रौतहटका सामुदायीक विद्यालय धमाधम बन्द हुन थालेकाछन् । केही दिन देखी निरन्तर परेको शितलहरका कारण विद्यालयमा आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीयतह हरुले सुचना निकालेर विद्यालय बन्द गरेका हुन । ।
मंगलबार सम्म रौतहटका ६ वटा नगरपालिकाले आफनो नगर क्षेत्रका विद्यालयमा बिदा दिएका छन । रौतहटको कटहरिया, बौधीमाइ, इशनाथ र बृन्दावन,देवाही गोनाही र परोहा नगरपालिकाले आफनो नगर क्षेत्रको सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here