चन्द्रपुर,२० पुस ।
चन्द्रपुरमा होटलको फोहोर पानी सडकमा भन्ने समाचार तराई एक्सप्रेसमा प्रकाशन भएपछि होटल व्यावसायी संघ रौतहटले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
फोहोर पानीका कारण बाटो हिडन समेत समस्या भएपछि तराई एक्सप्रेसले सो बिषयमा समाचार प्रकाशन गरेको थियो ।
होटल व्यावसायी संघ रौतहटका उपाध्यक्ष सुरेन्द्र साहले सम्बन्धीत घर धनीले डवल भाडाको लागि नाला माथि पसल राख्न दिएका कारण नालाबाट पानी बग्न छाडेका कारण सोही पानी सडकमा गएको बताएछन् ।
साहले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ,नगरपालिकाकाले फुटपाथ व्यावस्थापन गर्नुको साटो नाला माथि पसल राख्ने संग फोहोर मैला व्यावस्थापन कर लिएर उनीहरुलाई प्रत्साहन गरेका कारण नाला जाम भएर नालाको पानी सडकमा आएको हो । यस तर्फ चन्द्रपुर नगरपालिकाले समयमै ध्यान दिन नसकेका कारण समस्या भएको साहको भनाइ रहेको छ ।
चन्द्रपुरको मुख्य चोकमा कुनैपनि होटलवालाले फोहोर पानी नफालेको साहको दाबी रहेको छ । यता स्थानीयले भने सर्बश्रेष्ठ होटलको फोहोर पानी राती राती सडकमा फालेका कारण नगरनै दुर्गन्धित भएको गुनासो गर्दे आएकाछन् ।
होटल व्यावसायी संघ रौतहटका उपाध्यक्ष साहले चन्द्रनिगाहपुरको विकास सौन्र्दय करणमा होटल व्यावसायीको ठुलो हात रहेको बताउदै चन्द्रपुर नगरपालिकाको चरम लापारवाहीका कारण नगर फोहोरी बन्दै गएको बताएकाछन् ।
चन्द्रपुर नगरपालिकाले नालाको उचित व्यावस्थापन गर्न नसक्नु र भएको नाला माथि राखिएका फुटपाथ पसलका कारण समस्या भएको साहको भनाइ रहेको छ ।
सयौ बेरोजगारलाई रोजगारी दिएको चन्द्रनिगाहपुरको होटल व्यावसायी माथि सबैले बिभिन्न आरोप लगाउने गरेको र नाला व्यावस्थापन नगरपालिकाले गर्न नसकेको उनको भनाइ रहेको छ ।
