गौर,२३ पुस । रौतहटका बिभिन्न ईट्टा उद्योगमा काम गरिरहेका बालबालिकाहरु खोरोना खोप लगाउन बाट बन्चित भएकाछन् ।
सरकारले १२ देखी १८ बर्ष मुनीको उमेर समुहका विद्यार्थीलाई खोपको व्यावस्था गरेको भएपनि सोही उमेर समुहका बालबालिका तथा किशोर किसोरीहरु रौतहटका ईट्टा उद्योगमा काम गर्ने गरेका छन् ।
अशोज देखी चैत सम्म विद्यालय जाने उमेरका बालबालिका आफ्ना बाबु आमासंगै ईट्टा उद्योगमा काम गर्न जाने गरेका छन् ।
परिवारनै ईट्टा उद्योगमा काम गर्न जाने गरेका कारण रौतहटका कयौ स्थानमा रहेका विद्यालयमा विद्यार्थीको संख्यानै ह्वात्तै घटने गरेको छ । रौतहट इट्टा व्यवसायी संघका अनुसार जिल्ला भर १ सय ६२ वटा इट्टा भट्टाहरु रहेका छन् जसमध्ये १ सय १५ वटा नियमित संचालनमा छन् । ती ईट्टा उद्योगमा परिवारको साथमा सयौ बालबालिका काम गर्ने गरेका छन् । ईट्टा उद्योगमा रहेका बालबालिका तथा किशोर किसोरी लाई कोरोना बिरुद्धको खोप लगाउने बिषयमा कसैले चासो नदिएको रौतहट ईट्टा व्यावसायी संघका उपाध्यक्ष प्रलाद बन्जराको भनाइ रहेको छ ।
जिल्लामा रहेका ईट्टा उद्योगमा कति यस्ता बालबालिका छन् भन्ने एकिन तथ्याङ नभएपनि ठुलो समुह कोरानाको खोप लगाउनबाट बन्चित भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटको ध्यान त्यस तर्फ जान नसकेको कारण उनीहरु कोरोना खोप लगाउनबाट बन्चित भएको गुजराका स्थानीय युवा रामबाबु चौधरीले तराई एक्सप्रेसलाई बताए । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख दिपेन्द्र कुमार रायले यो उमेर समुहका सबैका लागि खोपको व्यावस्था आफुहरुले गर्ने बताए ।
पालिकाहरुले मागेको खोप आफुहरुले उपलब्ध गराउने बताउदै रायले जुन पालिकामा ईट्टा उद्योगमा बालबालिका छन् उनीहरुलाई सम्बन्धीत पालिकाको स्वास्थ्य शाखाले खोप लागाउने व्यावस्था गर्नु पर्ने हो ।
रौतहटका अधिकास नगरपालिका ईट्टा उद्योग छन् तर त्यहा रहेका बालबालिकाको बिषयमा कसैको ध्यान जान सकेको छैन् ।
देशमै सबैभन्दा धेरै ईट्टा उद्योग रौतहटमा रहेको छ । उनीहरुले समेत खोपका लागि समबन्धीत निकायमा पहल गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here