कटहरिया,२५ पुस । नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनको मिति तय भएको छ । बसेको जिल्ला कमिटि रौतहटको बैठकले आउदो माघ १ र २ गते अधिवेशनको मिति तय गरिएको हो । पार्टीका जिल्ला अध्यक्ष तुलसीराज गिरीका अनुसार बैठकले ऐतिहासिक एकताको नवौ जिल्ला अधिवेशन माग १ र २ गते कटहरियामा हुने निर्णय भएको हो । उनले जिल्ला अधिवेशनको प्रमुख अतिथिमा पार्टीका महा सचिव शंकर पोख्रेल रौतहट आउने तराई एक्सप्रेसलाई जानकारी दिए ।
यस्तै पार्टीका केन्द्रिय सचिव एवं प्रदेश इन्चार्ज रघुवीर महासेठ ,स्थायी समिति सदस्य प्रभु साह ,केन्द्रिय सदस्य उद्धव रेग्मी ,प्रदेश कमिटीकी सह सचिव आरति भण्डारी तथा प्रदेश कमिटिका सदस्यहरु को सहभागिता रहने अध्यक्ष गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here