कटहरिया,२५ पुस । रौतहट जिल्लाका बिभिन्न स्थानमा विद्युत चोरी तिब्र रुपमा बढेको छ । बिजुली हुकिगं गरेर चोरी गर्ने माथि नेपाल विद्युत प्राधिकरण जरीवना असुल्ने क्रम पनि तिब्र पारेको छ ।
नेपाल विद्युत प्राधिकरण रौतहट मौलापुर शाखाले हुकिङ गरेर बिधुत चोरिगर्ने संग जरिवाना वापत ५ लाख भन्दा बढी जरिवाना असुल गरेको छ ।
गत साउन देखि हालसम्म मौलापुर शाखाले बिधुत चुवाहट बाट ५ लाख,२ हजार ३२३ रुपैया राजस्व सकल गरेको प्राधिकरण प्रमुख संजिव कुमार दाशले तराई एक्सप्रेस लाई बताए ।
त्यसैगरी उक्त अवधीमा बक्यौता रहेको उद्योग तथा घरको लाईन काटेर कुल ५६ लाख,२० हजार ,६७७ बक्यौता मध्ये ४४ लाख,९५ हजार ,१३८ संकलन गरेको जनाएको छ ।
त्यस्तै सोही अवधिमा ४० जना हुकिङ गर्ने र ५ जना मिटरमा चोरिगर्ने र पक्राउ तथा कुल चुवाहटको ७३ केस फेला परेको बिधुत प्राधिकरण मौलापुरले जनाएको छ ।
जिल्लाका अन्य स्थानमा समेत नेपाल विद्युत प्राधिकरणले विजुलीको बिल नतिर्ने माथि कार्वाही प्रक्रिया सुरु गरेको छ ।
नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले पनि बिजुलीको बक्यौता रकम नतिर्नेको लाइन काटन् थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here