मौलापुर,२८ पुस । पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह द्वारा गृहनगर रौतहटको मौलापुर बाजारमा बिभिन्न चौकको नामाकरण गरिएकोछ । मौलापुर बाजारको बिस्तार संगै बिकास भएको नया नया चौकहरुको नाम नभएर आम मानिसलाई अन्यौलता रहेको थियो ।
पुर्व मन्त्री साहको सुझावमा मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले एतिहांसिकता, मौलिकता र आधुनिकताको आधारमा चौकहरुको नामाकरण गरेको छ। सोही निर्णय अनुसार मंगलबार एक समारोह बीच नेता प्रभु साहको प्रमुख आतिथ्यमा विधिपूर्वक नाम सहितको बोर्डहरु ५ स्थानमा स्थापना गरिएको छ ।
मौलापुर पुरातात्त्विक महादेव स्थानमा अद्वभुतनाथ चौकको नामले नामाकरण गरिएको छ ।
त्यस्तै बहुप्राबिधिक शिक्षालय नजिक क्याम्पस चौक, लैण्डपुलिङ भएको स्थानलाई स्मार्ट चौक,लगायत महाबिर चौक,हिमगिरी चौक गरि मौलापुर बजार क्षेत्रमा ५ वटा चौकको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिनु भयो ।
उक्त अवसरमा पुर्व मन्त्री प्रभु साहका साथै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह,नापी शाखाका प्रमुख मुकेश कुमार यादव लगायत स्थानीय जनप्रतिनिधि कर्मचारी,तथा विभिन्न दलका नेता र गा“उलेहरुको उपस्थिति रहेको थियो ।
मौलापुर बजार क्षेत्र अन्तर्गत चौकहरुको नामाकरणले बजारमा आउने ब्यापारी,सेवाग्राही तथा सर्वसाधारण सबै लाई सहज हुने नगरपालिकाले बिश्वास लिएको छ ।
पुर्व मन्त्री साहको पहलमा मौलापुर बजार क्षेत्रमा स्मार्ट सिटिको अवधारणा अन्तर्गत विभिन्न भौतिक पुर्वाधारहरुको निर्माण भैरहेको छ । त्यस्तै उनकै पहलमा प्रदेश २ मै पहिलो पटक मौलापुर बजार देखि पुर्वपटी ७५ बिगहा क्षेत्रफल जग्गामा लैण्डपुलिङ अर्थात एकीकरण भएर पहिलो चरणमा माटोपुर्ने काम भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here