अशोक पहाडी
चन्द्रपुर,३ माघ । निर्माणाधिन रेलवे ट्रयाकबेडमा कर्मचारीको मिलेमतोमा गुणस्तरहिन काम हुदै आएको छ । हरेक दुई दुई इन्चमा रोलिङ गरेर काम गर्नुपर्नेमा रौतहटमा त्यसरी काम हुन सकेको छैन । रोलिङ नगरी माटो ,ग्रेवल हालेका कारण गत बर्षा याममा रेलको ड्यामनै भत्केको थियो । एकझर पानीमै भत्कने ड्यामले रेलको भार कसरी थेग्ला सन्तपुरका स्थानीय बासिन्दा राजन तिमलसिनाले भने । रेल बिभागका कर्मचारीकै मिलेमतोमा रेलको काम गुणस्तरहिन हुदै आएको स्थानीयले गुनासो गरेकाछन् ।
जिल्लाको पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड पर्ने निर्माणाधिन रेलवे ट्रयाकबेडमा कमसल सामग्री प्रयोग भइरहेको पाईएको हो ।
रेलवे ट्रयाकबेडमा कमसल सामग्री प्रयोग भएको स्थानियहरुले बताएका छन् । ट्रयाकबेड बनाउन मजबुतिको लागी मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरमा रोलिङ गर्नुपर्ने मा निर्माण कम्पनीले पागो बालुवा राखेर रेलवे ट्रयाकबेड बनाईरहेको उनीहरु बताउछन ।
लामा गोल्डनगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दाया बायामा निमार्ण गरेको रेलवे ट्रयाकबेड कमसल सामग्री प्रयोग भएको बताइएको छ ।
उक्त कम्पनीले रेलवे ट्रयाकबेड निर्माण गर्दा पाँगो बालुवा राखेर कमसल काम गर्न लागेकोमा स्थानीयले बिरोध जनाएका छन् । रेल मार्ग निमार्णको को क्रममा प्राबिधिकको बेवास्ताका कारण निर्माण कम्पनीले आफूखुसी गरेको स्थानीयको आरोप छ ।
यता रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका इन्जिनियर बोध भण्डारीले निर्माण कम्पनीले गुणस्तर हीन सामग्री प्रयोग गरेको पाइएपछि हटाएर पुन सम्झौता अनुरूप राख्न निर्देशन दिएको बताए ।