वीरगन्ज,४ माघ । प्रदेश २ को राजधानी जनकपुर पारित भएपछि वीरगन्जमा कालो झण्डा प्रदर्शन भएको छ । सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि जनकपुरलाई प्रदेश राजधानी स्विकार नगर्ने बताउँदै मोटरसाईकलमा कालो झण्डा प्रदर्शन भएको हो ।
नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा निस्केको कालो झण्डा सहितको जुलुश आदर्शनगर ,माइस्थान,घण्टाघर, हुँदै नगरको परिक्रम गरेर वीरगन्ज ११ तेजारथ टोल स्थित मुख्यमन्त्री लालबाबु राउतको घरमा अगाडी पुगेर प्रदर्शन गरेको थियो । उनीहरुले मुख्यमन्त्री राउतको घरको सिसा पनि फुटाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here