रौतहट ६ माघ / जिल्ला क्रीकेट संघको ५ औं साधारण सभाले पवन कुमार गुप्तालाई अध्यक्षमा चयन गरेको छ ।
साधारण सभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकालका लागि निर्विरोध चयन गरेको जनाएको छ । गौरमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा मनोज शर्मा, सचिवमा प्रमोद साह र कोषाध्यक्षमा बिक्रान्त विक्रम नेपाललाई निर्विरोध चयन गरेको हो ।
संघको सदस्यमा गौतम श्रेष्ठ, उतम भट्टराई, जितेन्द्र कुमार भारती, शिवराज मुखिया, सागर यादव, मनोज जयसवाल, राजेश साह, राजिनन्द साह, प्रमोद मुखिया, संजय सिंह र रेखा देवि चयन भएका छन ।
निर्वाचित रौतहट जिल्ला कार्यसमिति ४ वर्षका लागि रहनेछ । साधारण सभामा राष्ट्रिय खेलकुद विकास समिती रौतहटका प्रमुख विरेन्द्र ढुंगाना, नेपाल क्रीकेट संघका केन्द्रिय कोषाध्यक्ष रोशन कुमार सिंहको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here