चन्द्रपुर,९ माघ । टिकटकमा गेम खेलेर कमाएको पैसा चन्द्रनिगाहपुरका एक युवा अशक्त परिवारलाई हस्तान्तरण गरेकाछन् ।
चन्द्रपुर नगरपालिका वडानं ५ का स्थानीय युवा बिमल भट्टराईले टिकटकमा गेम खेलेर कमाएको दस हजार एक सय रुपैया बम बिस्फोटबाट अशक्त भएका आमा छोरालाई सनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन ।
२०७४ साल मंसिरमा चन्द्रनिगाहपुर स्थित राधाकृष्ण मन्दिरमा भएको एमालेको चुनाव सभामा अज्ञात समुहले बम बिस्फोट गराउदा सोही स्थानका आमा छोरा घाईते भएका थिए ।
बम बिष्फोटबाट घाईते सरिता राई र उनका छोरा जैबिक राई लाई भट्टराईले सो रकम हस्तान्तरण गरेका थिए ।
बम बिष्फोटमा परेर आमा सरिताको देब्रे खुट्टा गुमेको थियो भने छोरा जैबिक राईको एउटा हात र एक खुट्टा काम नलाग्ने भएको थियो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै भट्टराईले युवाहरुले आफुले कमाएको रकमको केही अंश असाहयका लागि पनि दिनु पर्छ भन्ने भावना जागोस भन्नका लागि आफुले सो रकम हस्तान्तरण गरेको बताए । पछिल्लो समय युवा युवतीहरु टिकटकमा दिनभर ब्यस्त रहने गरेको बेला भट्टराईले टिकटकमा लाइभ बसेर गेम खेल्दै सो रकम कलेक्सन गरेका थिए । २०६८ माघ ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here